हरेक वर्ष भदौ १५ मा मनाइने पुस्तकालय दिवसको अवसर पारेर पोखरा २९ मा अवस्थित दीपशिखा सामुदायिक पुस्तकालयले आइतवार निबन्ध लेखन प्रतियोगिता सम्पन्न गरेको छ ।
पुस्तकालयको महत्व शीर्षकमा मा.वि (९—१२) स्तरीय प्रतियोगितामा लेखनाथ क्षेत्रका १२ विभिन्न विद्यालयका २३ जना विद्यार्थीले प्रतिस्पर्धी गरेका थिए । प्रतियोगितामा त्रिभुवन शान्ति नमूना माध्यमिक विद्यालयका टङ्कप्रसाद शर्माले प्रथम, लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुलकी अर्माली पौडेलले द्धितीय र नेपाल आदर्श आवासीय मा वि पोखरा २९की एञ्जल यादवले तृतीय स्थान हाँसिल गरे । यसै गरी शिसुवाचोकमा रहेको न्यू लाइट माविकी अनुष्का ढुङ्गाना र रामज्योति मा वि पोखरा २६की तिर्थु बुढामगरले सान्त्वना स्थान हाँसिल गर्न सफल भएका थिए ।
प्रतियोगिताका विजयी विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै गण्डकी प्रदेश सभा सदस्य पार्वती तामाङले पठन संस्कृतिको जगेर्नाका लागि दीपशिखा पुस्तकालयको योगदान महत्वपूर्ण भएको बताइन् । १९ औं पुस्तकालय दिवसका कार्यक्रमहरुले पुस्तक पढ्ने बानीको विकास गराउने छन् भन्ने विश्वास आफूले लिएको उनले वताइन् । कार्यक्रममा राष्ट्रिय समाचार समिति वाग्मती प्रदेश कार्यालय प्रमुख बासुदेव पौडेलले सामाजिक सचेतनासँगै जागरणको सेतु र सिकाइकेन्द्रका रुपमा दीपशिखा पुस्तकालयले भूमिका खेलेको बताए । बेदान्ताचार्य चतुर्भुज शर्मा पौडेल,पोखरा महानगरपालिकाकी कार्यपालिका सदस्य निर्मला पौडेल,सामुदायिक पुस्तकालय संघ गण्डकीका अध्यक्ष एवम् दीपशिखाका कोषाध्यक्ष माधव भण्डारी, सचिव पदमप्रसाद अधिकारी,सहसचिव मिनकुमारी डल्लाकोटी,कार्यालय प्रमुख धनु पहारी, सदस्यहरु कमला भण्डारी, चन्द्रबहादुर गुरुङ, विश्वराज पौडेल लगायतले धारणा राखेका थिए ।
कार्यक्रम संयोजक विष्णुुहरि पौडेलले सञ्चालन गरेको कार्यक्रम पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीले धन्यवाद सहित समापन गरे ।उक्त अवसरमा बेदान्ताचार्य चतुर्भुज शर्मा पौडेलले आफ्नो चौरासी पूजाका अवसरमा प्रकासित विचार दीपक नामक अनुवाद कृति पुस्तकालयका लागि प्रदान गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, १४ भदौवाङ्मयिक र मानवअधिकारबारे पोखरामा हुने सबैजसो कार्यक्रममा पुग्ने टेकनाथ बरालको…






