कास्कीलाई पूर्ण मानव अधिकार प्रत्याभुत जिल्ला निर्माण गर्न समन्वय प्रमुख पौडेलको आग्रह


     एभरेस्ट आवाज    
     भाद्र १६ गते २०८३ मा प्रकाशित




जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्कीलाइ मानव अधिकारको पूर्ण प्रत्याभूत जिल्ला बनाउन आव्हान गरेका छन् ।

मानव अधिकार सम्बन्धि छैटौं राष्ट्रिय कार्ययोजना कार्यान्वयन समन्वय बैठकलाई सम्बोधन गर्दै उनले कास्कीमा मानव अधिकार उल्लंघन र हननका घटना बढिरहेको तर्फ संकेत समेत गरेका हुन् । मानव अधिकारको पूर्ण पालनामा स्थानिय तहहरूले विशेष नीति र कार्यान्वयनको योजना बनाउन आग्रह गर्दै प्रमुख पौडेलले सो को लागि विशेष बजेटको ब्यवस्था गर्न आग्रह गरे ।

उनले एउटै प्रकृतिका काम गर्ने नागरिकहरू बिचको विभेदको अन्त्य गर्ने दायित्व पूरा गर्न सरकार चुक्न नहुने भन्दै, राज्य संरचना गम्भीर हुन नसकेको उल्लेख गरे । रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले मानव अधिकारको बिषय हरेक पालिकाले पहिलो प्राथमिकतामा राख्नु पर्ने भन्दै आफू त्यसमा प्रतिबद्ध रहेको उल्लेख गरे । उनले मानव अधिकार हननका बिषयलाइ स्थानिय स्तरमा कानुनी दायरामा ल्याए मात्रै उल्लंघनका घटना न्यूनीकरण हुने तर्क गरे ।

बैठकमा जिसस कास्की उप प्रमुख सरिता माल, जिल्ला समन्वय अधिकारी नवराज बराल ,नागरिक समाज कास्कीका अगुवा राम बहादुर पौडेल,गैरसरकारी संस्था महासंघ कास्की अध्यक्ष इन्दिरा पौडेल, जिसस कास्कीका शाखा अधिकृत लक्षु शर्माले छैटौं मानव अधिकार सम्बन्धि राष्ट्रिय कार्ययोजनाको प्रभाबकारी कार्यान्वयनका सन्दर्भमा आफ्नो धारणा राखेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।