पोखरा उद्योग वाणिज्य संघ : १५ सय मत गणना गर्दा कसको कति ?


     एभरेस्ट आवाज    
     भाद्र २२ गते २०८३ मा प्रकाशित




पोखरा, भदौ २२

पोखरा उद्योग वाणिज्य संघको मतगणना जारी छ । आईतबार सम्पन्न मतदानको आज मतगणना भइरहेको हो ।

शुरुमा खुल्ला सदस्यहरुको मतगणना भइरहेको निर्वाचन समितिले जनाएको छ । जस अन्तर्गत १ हजार ५ सय मत गणना सम्पन्न भएको निर्वाचन समितिका संयोजक दामु अधिकारीले जानकारी दिए । उनका अनुसार हालसम्मको मत गणनामा दुर्गा बरालले १ हजार २ सय ५५, अमृत पोखरेलले १ हजार २ सय ५१, निर्मला चापागाईंले १ हजार १ सय ४३, भानुभक्त अधिकारीले १ हजार ६२ र गोविन्दबहादुर केसीले १ हजार ६१ मत प्राप्त गरेर अग्रता लिएका छन् ।

त्यस्तै, मनोहरी पौडेलले १ हजार ५२, रामेश्वर अधिकारीले १ हजार ४९, दीलिपकुमार श्रेष्ठले १ हजार ३२रामप्रसाद कँडेलले १ हजार २३ र कमलबहादुर सुनार ९ सय ९७ मत प्राप्त गरेका छन् । यसैगरी, हरिप्रसाद अधिकारीले ९ सय ६७, नवीन नापितले ९ सय ४४ र सूर्यराज घिमिरेले ९ सय ४२ मत ल्याएर पछ्याईरहेका छन् ।

१० सदस्यका लागि भएको निर्वाचनमा १३ जना प्रतिष्पर्धामा छन् । २ हजार ७ सय ३१ सदस्य रहेकोमा सदस्यतर्फ २ हजार १ सय ८ र पदाधिकारीतर्फ २ हजार २ सय ७४ मत खसेको थियो ।

सदस्यको मतगणना सकिएलगत्तै पदाधिकारीको मतगणना हुने निर्वाचन समितिले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।