पोखरा महानगरपालिका–५ प्रस्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनःनिर्माणका लागि आयोजित श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ जारी छ।
महायज्ञको पाँचौँ दिन सकिँदा १ करोड ५३ लाख रुपैयाँ संकलन भएको छ। महायज्ञको पाँचौँ दिन आइतबार मात्रै २६ लाख ५० हजार रुपैयाँ सहयोग संकलन भएको प्रस्याङ बगैँचा पार्क व्यवस्थापन समितिका सचिव लक्ष्मण कोइरालाले जानकारी दिए। उनका अनुसार महायज्ञ सञ्चालन हुनुअघि नै मन्दिर निर्माणका लागि ७७ लाख रुपैयाँ संकलन भइसकेको थियो।पाँचौँ दिन पोखरा–१४ स्थित विश्वकर्मा सप्लायर्सले २ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। त्यस्तै नारायण ढुंगाना, लक्ष्मण बराल, मैनादेवी पौडेल र प्रेमप्रसाद चापागाईंले एक लाखभन्दा बढी रकम सहयोग गरेका छन्।
यसैगरी जमुनादेवी पराजुलीले १ लाख ५ हजार ५ सय ५५ रुपैयाँ, फडिन्द्रप्रसाद पराजुलीले १ लाख १ हजार, हरिप्रसाद पराजुलीले १ लाख १ हजार, शिवप्रसाद पौडेलले १ लाख ५ सय ५५ रुपैयाँ तथा टुल्कीदेवी गौतमले ७५ हजार ५ सय ७५ रुपैयाँ सहयोग गरेका छन्।महायज्ञमा पण्डित दीपकप्रसाद पौडेलले श्रीमद्भागवत कथा वाचन गरिरहेका छन्। भक्तजनहरू कथा श्रवणसँगै भजन–कीर्तन तथा धार्मिक कार्यक्रममा सहभागी भइरहेका छन्। महायज्ञ प्रचारप्रसार संयोजक लक्ष्मण बरालका अनुसार महायज्ञ भदौ २५ गतेसम्म सञ्चालन हुनेछ। महायज्ञमा संगीतमय श्रीमद्भागवत कथा, देवलिला तथा विभिन्न धार्मिक कार्यक्रम सञ्चालन भइरहेका छन्।अध्यक्ष शिवप्रसाद पराजुलीले सोमबार अजा एकादशीसमेत परेकाले विशेष ढंगले महायज्ञ सञ्चालन गरिने बताए। उनले उक्त विशेष दिनमा महायज्ञमा सहभागी हुन आग्रह गरे।
महायज्ञबाट संकलित रकम मन्दिर पुनःनिर्माणमा प्रयोग गरिनेछ। केही रकम बाढीपीडित राहत कोषमा समेत जम्मा गरिने आयोजकले जनाएको छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरास्थित ग्लोबल कलिजियट स्कुलले १०…





