रसुवामा बाढीबाट प्रभावित परिवारहरूको सहयोगार्थ सृष्टि क्रिएसन प्रा.लि, पोखराले नयाँ टी–सर्ट सहयोग गरेको छ।
बाढीबाट प्रभावित बालबालिकादेखि युवा तथा ज्येष्ठ नागरिकसम्मका लागि विभिन्न साइजका टी–सर्टहरू राहतस्वरूप पठाइएको हो।करिब ३ लाख रुपैयाँ बराबरका ३ सय २८ थान टी–सर्ट त्यस तर्फ पठाईएको क्रिएसनका सञ्चालक शान्ता श्रेष्ठले जानकारी दिईन् । सो सामाग्री प्रा.लि।की अध्यक्ष शान्ति श्रेष्ठ उदासले कास्की क्षेत्र नं. २ का सांसद उत्तम पौडेललाई हस्तान्तरण गरिन् । त्यस क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी, पोखरा महानगरपालिका सभापति योगेन्द्र केसीको पनि उपस्थिति रहेको थियो।
उक्त राहत सामग्री वास्तविक रसुवा बाढीपीडित परिवारसम्म पुर्याउने उद्देश्यले सहयोग गरिएको सृष्टि क्रिएसनले जनाएको छ। सहयोग हस्तान्तरणका क्रममा प्राकृतिक विपत्तिको समयमा पीडित नागरिकको दुःखमा साथ दिनु सबैको मानवीय दायित्व भएको क्रियसनले उल्लेख गरेको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा १८ मा रहेको सुनगाभा बचत तथा ऋण सहकारी संस्थाले ७ करोड…





