रोटरीद्वारा भोटेकोशी बाढीमा परेर ज्यान गुमाएको स्मृतिमा श्रद्धाञ्जली एवं दीप प्रज्वलन


     एभरेस्ट आवाज    
     भाद्र २३ गते २०८३ मा प्रकाशित




रसुवाको भोटेकोशीमा आएको भीषण बाढीका कारण ज्यान गुमाएका मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै पोखरामा क्रियाशील रोटरी क्लबहरूको संयुक्त आयोजनामा श्रद्धाञ्जली सभा तथा दीप प्रज्वलन गरिएको छ।

पोखराको शहीद चोकमा आयोजित कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का निवर्तमान डिस्ट्रिक्ट गभर्नर विनोद प्रसाद कोइरालाले रोटरी संस्था सुख–दुःखमा सदैव समाजको साथमा रहँदै आएको स्मरण गरे । उनले बाढीका कारण ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, विपद्को यस दुःखद् घडीमा सबै रोटरियनहरू सक्रियतापूर्वक राहत, उद्धार तथा सहयोगका कार्यमा जुट्नुपर्नेमा जोड दिए । कार्यक्रमका संयोजक तथा रोटरी क्लब अफ पोखरा भ्यालीका अध्यक्ष नवीनराज बरालले रोटरी संस्था सुख र दुःख दुवै अवस्थामा समाजका नागरिकको साथमा रहने प्रतिबद्धता व्यक्त गरे ।

उनले प्रकोपको बेला सरकारसँगै सामाजिक सस्थाहरु पनि मानविय सेवामा गम्भीरतापूर्वक लाग्नुपर्ने बताए । कार्यक्रममा पोखरामा क्रियाशील ११ वटा रोटरी क्लबका रोटरियनहरू , रोट्र्याक्टर र इन्टर्याक्टर हरुको पनि उल्लेख्य सहभागिता रहेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।