रातोपैह्रा सामुदायिक वनबाट राहत कोषमा आर्थिक सहयोग


     एभरेस्ट आवाज    
     भाद्र २५ गते २०८३ मा प्रकाशित




पोखरा १७ स्थित रातोपैह्रा सामुदायिक वन उपभोक्ता समूहले रसुवाको भोटेकोशी बाढीपीडितका लागि रु.१५ हजार सहयोग गरेको छ ।

बाढीले घर, परिवार र आफन्त गुमाएर पीडामा रहेका नागरिकको दुःखमा साथ दिन कार्य समितिका पदाधिकारी तथा सदस्यहरुले आप्mनै खर्च कटाएर सहयोग संकलन गरेका हुन् । उनीहरुले १३ हजार संकलन गरेकोमा समूहको कोषबाट थप रु. दुई हजार गरी जम्मा रु. १५ हजार प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको समूहका अध्यक्ष भगवान पोखरेलले जानकारी दिए । “समूहको आम्दानी खासै छैन । तर विपत्तिमा परेका मानिसको पीडामा साथ दिन पैसा नै ठूलो कुरा होईन, भावना ठूलो हो” उनले भने, “बाढी पीडितका लागि साथीहरुले स्वस्पूmर्त रुपमा सहयोग गर्नुभएको हो ।”

अध्यक्ष पोखरेलका अनुसार संकलित रकम पोखराको नयाँ बजारस्थित राष्ट्रिय वाणिज्य बैंकमा प्रधानमन्त्री राहत तथा उद्धार कोषमा जम्मा गरिएको हो । रकम सानो होला, तर विपत्तिमा परेका मानिसका लागि तिमी एक्लो छैनौ भन्ने सन्देश बोकेको यो सहयोग मानवीय संवेदनाको उदाहरण बनेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।