पोखरा–५ प्रस्र्याङस्थित सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणका लागि आयोजना गरिएको श्रीमद्भागवत महापुराण सप्ताह ज्ञान महायज्ञ सम्पन्न भएको छ।
महायज्ञबाट २ करोड ८१ लाख रुपैयाँ संकलन भएको अर्थ संयोजक केशव प्रसाद अधिकारीले जानकारी दिए। दान तथा सहयोग आउनेक्रम जारी नै रहेकाले संकलित रकम ३ करोड पुग्ने अपेक्षा गरिएको छ।प्रस्याङ बगैंचा पार्क व्यवस्थापन समितिको आयोजनामा भएको महायज्ञमा स्थानीयवासी, भक्तजन, टोल विकास संस्था, आमा समूह तथा विभिन्न क्षेत्रका व्यक्तिहरूले उल्लेख्य सहभागिता जनाएका थिए। महायज्ञमा सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो।महायज्ञ समापनमा वडाध्यक्ष विष्णुप्रसाद बरालले महायज्ञले वडावासीबीचको एकता, सहकार्य र सामाजिक सद्भावलाई थप मजबुत बनाएको बताए।
समितिका अध्यक्ष शिवप्रसाद पराजुलीले सबैको सहयोग र सहभागिताकै कारण धार्मिक अनुष्ठानलाई सफलतापूर्वक सम्पन्न गर्न सकिएको बताए।समितिका सचिव लक्ष्मण कोइरालाले महायज्ञले धार्मिक तथा सामाजिक भावनालाई एकसाथ जोड्दै स्थानीयस्तरमा एकता, सहकार्य र सहयोगको भावना थप बलियो बनाएको बताए।महायज्ञबाट संकलित रकम मुख्यतः सन्तानेश्वर महादेव मन्दिर पुनर्निर्माणमा खर्च गरिनेछ भने केही रकम बाढीपहिरोलगायत प्राकृतिक विपत्तिबाट प्रभावितलाई सहयोग गरिने प्रचारप्रसार संयोजक लक्ष्मण बरालले जानकारी दिए।पुनर्निर्माणपछि नयाँ मन्दिर महाशिवरात्रिका दिन उद्घाटन गर्ने तयारी गरिएको छ।
चार वटा ढोका र पञ्चमुखी शिवलिंगसहित निर्माण हुने मन्दिरलाई धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ।स्थानीय लीलाधर कोइरालाले ९२ वर्षअघि स्थापना गरेको सन्तानेश्वर महादेव मन्दिर सन्तान प्राप्ति, पारिवारिक सुख–समृद्धि र कल्याणका लागि श्रद्धाको केन्द्रका रूपमा रहँदै आएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ २६ पोखरामा भोलि ५ बामपन्थी दलका नेताहरु एउटै मञ्चमा…





