रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावितका लागि पोखरामा रहेका बिभिन्न आमा समुहले सहयोग अभियानलाई जारी राखेका छन् ।
बाढीबाट प्रभावित नागरिकका लागि लामाचौरमा रहेको महिला समाज कल्याण आमा समुहले एक लाख बढी सहयोग गरेको छ । समुहले संकलन गरेको १ लाख ६ हजार ५८० रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहत कोषमाजम्मा गरिएको अध्यक्ष लायन हिरा भण्डारीले जानकारी दिईन् । संकलित रकमबाट बचेको १ हजार ४५ रुपैयाँ एक क्यान्सर पिडित युवालाई सहयोग गरिएको उनले बताईन् ।समुहले संचालन गरेको अभियानमा समुहमा आवद्ध ९७ जना सदस्यले आर्थिक सहयोग उपलब्ध गराएका थिए ।
अध्यक्ष भण्डारीले देश महाविपत्तीमा परेको अवस्थामा त्यस क्षेत्रका नागरिकलाई सहयोग गर्नु मानवीय कर्तव्य भएको बताईन् ।समुहले बाढीमा परेर ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, प्राकृतिक विपत्तीको कठिन समयमा सबै एकजुट भएर सामना गर्न पनि आग्रह गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी…





