लमजुङ र मनाङ जोड्ने बेँसीसहर–चामे सडकअन्तर्गत मनाङको नासो गाउँपालिका–३ धारापानीमा सडक ढलान गर्न आज साँझ ५ः०० बजेसम्म सडक पूर्ण रूपमा बन्द हुने भएको छ ।
मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार धारापानी क्षेत्रमा एक सय ३५ मेगावाट क्षमताको मनाङ मस्र्याङ्दी जलविद्युत् आयोजनाले करिब ५० मिटर सडक ढलान गर्ने भएको हो । सडक साँघुरो हुनुका साथै दुवैतर्फ घर रहेकाले ढलानका क्रममा सवारीसाधन सञ्चालनका लागि वैकल्पिक व्यवस्था गर्न नसकिने भएकाले सडक पूर्ण रूपमा बन्द गर्न लागिएको उनले बताए ।
आज बिहान ९ः०० बजेदेखि साँझ ५ः०० बजेसम्म कुनै प्रकारका सवारीसाधन सञ्चालन गर्न पाइने छैन । साँझ ५ः०० बजेदेखि भोलि बिहान १०ः०० बजेसम्म भने भारी सवारीसाधन सञ्चालन गर्न नपाइने उनले बताए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्याङ्जा, २७ भदौ ।राष्ट्रिय बाल दिवसको अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाले आयोजना…





