रसुवाको भोटेकोशीमा आएको विनासकारी बाढीबाट प्रभावितलाई पोखराको सिम्पानीमा रहेको केफ माध्यमिक विद्यालयले आर्थिक सहयोग गरेको छ ।
गत भाद्र १० गते आएको बाढीले सर्वस्व गुमाएका पीडित परिवारका लागि विद्यालयले ३ लाख २४ हजार ८७३ रुपैयाँ सहयोग गरेको जनाएको छ । विद्यार्थी, शिक्षक, कर्मचारी र विद्यालय प्रशासनको संयुक्त पहलमा जुटाइएको सो रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषको खातामा जम्मा गरिएको विद्यालयका सहायक प्रधानाध्यापक भानुभक्त पोखरेलले जानकारी दिए ।विद्यालयले संचालन गरेको संकलन अभियानमा विद्यार्थीहरूले १ लाख ५९ हजार ६८६ रुपैयाँ योगदान गरेका छन् । यस्तै शिक्षक तथा कर्मचारीबाट ८५ हजार १८७ रुपैयाँ र विद्यालय प्रशासनबाट ८० हजार रुपैयाँ थप गरी कुल ३ लाख २४ हजार ८७३ रुपैयाँ संकलन गरिएको विद्यालयका नविन अधिकारीले बताए ।
विद्यालयले बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्दै, पीडित परिवारलाई सहयोग गर्न आग्रह समेत गरेको छ । रसुवा, नुवाकोट र धादिङलगायतका जिल्लामा बाढीका कारण ठूलो जनधनको क्षति भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


स्याङ्जा, २७ भदौ ।राष्ट्रिय बाल दिवसको अवसरमा एकीकृत सेवा कार्यालय स्याङ्जाले आयोजना…





