देशका बिभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ६ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका १२ कमलाबारीमा आज बिहान ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको मनहरि गाउँपालिका ६ बस्ने २६ वर्षीय अजय थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना६ख ९४९७ नम्बरको ट्रक अनियन्त्रित भई पल्टिँदा गम्भीर घाइते चालक थिङलाई प्रदेश अस्पताल दमौलीका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए ।
त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका ६ को देउता खोलामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सानीभेरी ९ सिम्ली हुँदै खलङ्गातर्फ आउँदै गरेको लु१च ६०२९ नम्बरको जिप दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको जानकारी दिए । दुर्घटनामा परी अन्य चार जना गम्भीर घाइते भएका छन् । यता इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–०४३ प ५५१४ नम्बरको मोटरसाइकल कल्भर्टमा ठोक्किएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार इनरुवा नगरपालिका–३ का सागर रेग्मी र पारस थापाको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनीहरुको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताए । मोटरसाइकलको ठक्करबाट सुर्खेतमा एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–१० सुर्खेत बरिपाटीका ५५ वर्षीय आशा बुढाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
सुर्खेत जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कविन्द्रसिंह बोहोराका अनुसार सडकपेटीमा हिँडिरहेका बुढा मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएपछि माया नर्सिङ होम पुर्याइएको थियो । त्यहाँबाट कर्णाली प्रदेश अस्पताल पुर्याइएकामा निजको उपचारका मृत्यु भएको हो । मोटरसाइकल र त्यसका चालकलाई नियन्त्रणमा लिइएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ भदौ । भोटेकोशी बाढीपीडित तथा प्रभावितका लागि तमु धिं नेपालले…





