पोखरा– ८, सृजनाचोक स्थित सृजना सेकेण्डरी स्कुलमा नेपाली समाचार वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालयको आयोजना तथा युवा रेडक्रस सर्कल, सृजना मा.वि.को व्यवस्थापनमा भएको प्रतियोगितामा कक्षा ६ बाट प्रिन्सी ढकालले प्रथम स्थान हासिल गर्न सफल भइन् भने अक्षता तुलाधर र रिजन काफ्ले संयुक्त रूपमा द्वितीय र रिचा बसेल तृतीय तथा सपन बराल चौँथो भएका छन् । कक्षा ७ तर्फ प्रमाङ्की चालिसे, आर्या घिमिरे, एड्रिना थापा, एञ्जिला पौडेलले क्रमश प्रथम द्वितीय तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भए । यसै गरी कक्षा ८ तर्फ रोजस्वी बुढाथोकी, शरद परियार र अनुज अर्याल, हिमांशु सापकोटा, आराध्या अर्याल क्रमश प्रथम द्वितीय तृतीय र चतुर्थ स्थान हासिल गर्न सफल भए भने कक्षा ९ र १० को प्रतियोगितामा कक्षा १० की सुस्मिता शर्मा प्रथम, कक्षा १० कै साल्मिका आचार्य द्वितीय, कक्षा ९ की प्रतिमा बटला तृतीय र कक्षा १० की विधाता पौडेल चौँथो हुन सफल भएका छन् ।
विद्यालयको नेपाली विभाग प्रमुख विष्णुप्रसाद सुवेदीको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा कक्षा ६ देखि १० सम्मका विद्यार्थीहरुले सक्रिय रूपमा सहभागिता जनाएका थिए । प्रतियोगितामा मिना शर्मा लम्साल, इन्दु सुवेदी, रीता आचार्य तथा विष्णुप्रसाद सुवेदीले निर्णायकको भूमिका निर्वाह गरेका थिए । यस्तै विद्यालयको अतिरिक्त क्रियाकलाप अन्तर्गत प्रिप्राइमरी अन्तर्गत चम्चा दौड प्रतियोगिता सञ्चालन गरिएको थियो । उक्त प्रतियोगितामा कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूलाई जीवनोपयोगी सीपसम्बन्धी विभिन्न खेलहरूमा सहभागी गराइएको छ । त्यसैगरी कक्षा ४ र ५ का विद्यार्थीहरूको बौद्धिक विकासका लागि मेमोरी गेम आयोजना गरिएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा, २९ भदौ । भोटेकोशी बाढीपीडित तथा प्रभावितका लागि तमु धिं नेपालले…





