सन्देश श्रेष्ठ
पोखरा, भदौ २९
गुरुङ–मगर समाज, पोखरा–१९, लामाचौर (पातीघारी)ले राष्ट्रिय खुल्ला प्रौढ पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्ने भएको छ । समाजले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा यहि असोज १ गतेदेखि ४ गतेसम्म लामाचौर पातीघारीमा प्रतियोगिता आयोजना गर्ने सोमबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी गराएको हो ।
राष्ट्रिय खेलको विकास, खेलाडीबीच आपसी सद्भाव र लुकेर रहेका प्रतिभाको खोजी गर्ने उद्धेश्यले प्रतियोगिता आयोजना गर्न लागेको खेल संयोजक सन्दीप थापा मगरले जानकारी दिए । “राष्ट्रिय खेलको विकास, स्वास्थ्यका लागि खेलकुद, चालीस कट्यो, जोश घटेन, खेलकुदमा उमेरले छेक्दैन” भन्ने मूल नाराका साथ हुने प्रतियोगितामा पुरुषतर्फ ४० वर्ष उमेर कटेका तथा महिलातर्फ ३० वर्ष उमेर कटेकाले मात्रै प्रतिष्पर्धामा सहभागि हुन पाउने उनले बताए । ‘खेलकुदमार्फत प्रौढ खेलाडीबीच सकारात्मक सम्बन्ध र मेलमिलाप बढाउँदै मानसिक तथा शारीरिक स्वास्थ्य र सक्रिय जीवनशैली कायम गर्ने प्रतियोगिताको उद्धेश्य हो’–उनले भने ।
प्रतियोगिता नकाउट प्रणालीमा हुने आयोजकले जनाएको छ ।
प्रतियोगिताको पुरुषतर्फको विजेताले १ लाख १ हजार, उपबिजेताले ६१ हजार र तृतीय हुनेले ३१ हजारसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ । महिलातफृको बिजेताले ५१ हजार, उपबिजेताले ३१ हजार, तृतीय हुनेले १५ हजारहित शिल्ड, मेडल र प्रमाण प्राप्त गर्ने समाजका अध्यक्ष तथा भलिबलका पूर्व राष्ट्रिय खेलाडी युग गुरुङले जानकारी दिए ।
प्रतियोगितामा पुरुष र महिलातर्फ समान रूपमा उत्कृष्ट खेलाडी, उत्कृष्ट सेटर, ब्लकर, लिब्रो र स्पाइकरलाईसमेत नगदसहित पुरस्कृत गरिने उनले बताए ।

प्रतियोगिता सञ्चालनका लागि १२ लाख खर्च हुने आयोजकको अनुमान छ । प्रतियोगिताबाट १२ लाख ५० हजार संकलन गरि ५० हजार बचत गर्ने आयोजकको लक्ष्य छ । बचत रकम मध्य केहि रकम भोटेकोशी बाढी पीडितको राहतमा खर्च गर्ने योजना रहेको क्लवका अध्यक्ष गुरुङले बताए । उनले भने,‘बचतको निश्चित रकम स्थानिय तहसँग समन्वय गरेर हामी बाढी पीडिलाई राहत प्रदान गर्नेछौं ।’
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, भदौ २९ गुरुङ–मगर समाज, पोखरा–१९, लामाचौर (पातीघारी)ले राष्ट्रिय खुल्ला प्रौढ…





