कास्की जिल्ला अदालतका न्यायधिश हिमलाल बेल्बासे उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन् ।
न्याय परिषदको आज बसेको बैठकले कास्की जिल्ला अदालतका न्यायधिश बेल्बासलाई उच्च अदालतको न्यायाधीशमा बढुवा गर्दै उच्च अदालत जनकपुरको पदस्थापनाका लागि सिफारिस भएका हुन् । प्रधानन्यायाधीश डा.मनोज शर्माको अध्यक्षतामा बसेको वैठकले सर्वोच्च अदालतका रजिष्ट्रार भद्रकाली पोखरेललाई न्यायाधीशको सिफारिससहित उच्च अदालत सुर्खेतमा पदस्थापनाका लागि सिफारिस गरेको छ । फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्रबहादुर सिंह पनि न्यायाधीशमा सिफारिस भएका छन् । उनी उच्च अदालत विराटनगरमा पदस्थापना हुनेछन् ।
बैठकले उच्च अदालतका तीनजना न्यायाधीश र १५ जना जिल्ला न्यायाधीशको पनि सरुवा गरेको छ ।उच्च विराटनगरका न्यायाधीश न्यायाधीश महेन्द्रनाथ उपाध्याय,उच्च अदालत जनकपुरका न्यायाधीश मुरारीबाबु श्रेष्ठ र उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीश रितेन्द्र थापालाई सरुवा गरेको परिषद्ले जनाएको छ ।
त्यस्तै तीन जना सहसचिवहरू ठगीन्द्र कट्टेल, रामप्रसाद भट्टराई र बाबुराम दाहाललाई सचिवमा बढुवा गरेको छ । सहरजिष्ट्रारद्वय कट्टेल र दाहाललाई रजिष्ट्रारमा सिफारिसको निर्णय भएको हो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की जिल्ला अदालतका न्यायधिश हिमलाल बेल्बासे उच्च अदालतको न्यायाधीशमा सिफारिस भएका छन्…





