पोखरा । नेकपा (एमाले) नेतृ मीना कुमारी गुरुङलाई मातृशोक परेको छ । गुरुङकी ८३ वर्षीया आमा मायादेवी गुरुङको बिहीबार साँझ निधन भएको हो । विगत दुई वर्षदेखि उपचाररत गुरुङको निधन भएको छोरी मीना कुमारी गुरुङले जानकारी दिनुभयो ।
विदेशमा रहेका परिवारका सदस्यहरू नेपाल आइपुग्न समय लाग्ने भएकाले स्वर्गीय मायादेवी गुरुङको अन्त्येष्टि आइतबार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
स्वर्गीय गुरुङका श्रीमान् समाजसेवी मेजर दिलबहादुर गुरुङ, छोरी एमाले नेतृ मीना कुमारी गुरुङसहित तीन छोरी र दुई छोरा छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पहिरोले बुधबार बिहानदेखि अवरुद्ध बनाएको बेँसीसहर–चामे सडक तीन दिनपछि सञ्चालनमा आएको छ…






