सरकारद्वारा १३ देशमा राजदूत सिफारिस, भारतमा निश्चलनाथ, चीनमा कल्याणराज


     एभरेस्ट आवाज    
     असाेज २ गते २०८३ मा प्रकाशित




सरकारले १३ देशका लागि राजदूतको नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले भारत, चीन, अमेरिकासहित १३ देशका लागि राजनितिक कोटा अन्र्तगत राजदूतहरूको नाम सिफारिस गरेको हो ।जसमा भारतका लागि नेपाली राजदूतमा निश्चलराज पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा, अमेरिकाको लागि चिरनजंग थापा, स्पेनका लागि प्राप्ति शेरचन, जर्मनीका लागि सारु जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चुणामणि खरेल, दक्षिण कोरियाका लागि प्राडा संगम श्रेष्ठ, श्रीलंकाका लागि डा. मञ्चल झा, साउदी अरबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस गरेको जनाईएको छ ।

परराष्ट्र मन्त्री शिशिर खनालले विभिन्न क्षेत्रका अब्बल व्यक्तिहरूलाई राजदूत नियुक्तिका लागि सिफारिस गरेको जानकारी दिए। सिफारिस गरिएका प्रस्तावित राजदूतहरूलाई संसदीय सुनुवाइका लागि पठाइने छ।परराष्ट्र मन्त्रालयले २०८३ जेठ १४ गते सूचना प्रकाशित गर्दै रिक्त १३ देशका राजदूतको लागि आवेदन मागेको थियो ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।