कास्की मोर्डनाइज्डद्वारा बाढीपीडितलाई ४ लाख सहयोग


     एभरेस्ट आवाज    
     असाेज २ गते २०८३ मा प्रकाशित




कास्की मोर्डनाइज्ड एकेडेमीले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरुको राहत तथा पुनस्र्थापनका लागि नगद ४ लाख रुपैयाँ सहयोग गरेको छ।

विद्यालयका तर्फबाट प्रदान गरिएको उक्त रकम नेसनल प्याब्सन कास्की मार्फत २ लाख, केन्द्रीय समिति मार्फत १ लाख र हिसान कास्की मार्फत १ लाख गरी जम्मा ४ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने गरी रकम हस्तान्तरण गरेको हो । कार्यक्रममा कास्की मोर्डनाइज्ड एकेडेमीका संस्थापक प्राचार्य तथा नेसनल प्याब्सन केन्द्रीय समितिका उपाध्यक्ष समेत रहेका राम बहादुर मोचीले नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्का, कास्कीका अध्यक्ष मनकाजी गुरुङ, वरिष्ठ उपाध्यक्ष प्रेमराज अधिकारी, उपाध्यक्ष राजु केसी, कोषाध्यक्ष राजुु कायस्थ, हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीलाई प्रधानमन्त्री राहत कोषामा रकम जम्ममा गर्ने गरी चेक हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा कास्की मोर्डनाइज्ड एकेडेमीका संस्थापक प्राचार्य मोचीले सहयोग रकम हस्तान्तरण गर्दै शिक्षा क्षेत्र केवल पठनपाठनमा सीमित नभई सामाजिक सेवासँग पनि जोडिनुपर्ने बताए। उनले विपद्का कारण समस्यामा परेका व्यक्ति तथा परिवारलाई सहयोग गर्नु मानवीय दायित्व भएको उल्लेख गरे। नेसनल प्याब्सनका केन्द्रीय वरिष्ठ उपाध्यक्ष याम खड्काले निजी शिक्षण संस्थाहरूले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै मानवीय सेवाका क्षेत्रमा निरन्तर योगदान गर्दै आएको बताए।त्यसैगरी हिसान कास्कीका अध्यक्ष दिवाकर जैसीले सहयोगका लागि कास्की मोडर्नाइज्ड एकेडेमी प्रति धन्यवाद व्यक्त गर्दै शैक्षिक संस्थाहरूले विद्यार्थीलाई किताबी ज्ञानसँगै मानवीय संवेदना, सामाजिक जिम्मेवारी र सहयोगको संस्कारसमेत सिकाउनुपर्ने बताए।

एकेडेमीले यस अघि विद्यालयले खाद्यान्न सामाग्री पढाएको साथै विद्यालको तर्फबाट क्षतीग्रस्त स्थानमा पुगेर १ लाख वढिको पुस्तक तथा कपि र १ सय २० जान विद्यार्थी वस्ने मिल्ने डेक्स वेञ्च उपलब्ध गराएको भाइस प्रिन्सिपल शिबलाल उपाध्यायले जानकारी दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।