नेपाल परिवार नियोजन संघ कास्कीले महिलाका लागि यौन तथा प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रम गरेको छ ।
१३ औं परिवार योजना दिवस तथा नेपाल परिवार नियोजन संघको ६७ औं स्थापना दिवसको अवसरमा पोखरा १४ काजिपोखरीमा कार्यक्रम गरिएको हो । जलेश्वर आमा समूह र प्रगतिशील टोल विकास संस्थाको समन्वयमा कार्यक्रम गरिएको थियो । समुदायमा परिवार नियोजनका सेवा बारे जानकारी दिने र महिलासँग सम्वन्धित स्वास्थ्य समस्या बारे सचेतना गर्ने उद्देश्यले कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । कार्यक्रम उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं १४ का वडाध्यक्ष बोध बहादुर कार्कीले मानिसको जीवनको लागि स्वास्थ्य सबैभन्दा बढी महत्वपूर्ण भएको उल्लेख गर्नुभयो । उनले जनताका आवश्यकतामा आफू सदैव साथमा रहने बताए ।
कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका विशेषज्ञ सदस्य डा. लक्ष्मी पौडेल, वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ नर्स अनुषा भुजेल र कर्मचारी सुरज चौधरीले सहजिकरण गरेका थिए । नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलको अध्यक्षतामा भएको कार्यक्रम बरिष्ठ शाखा प्रवन्धक नव राज तिवारीले संचालन गरे ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


डुलुवाको दोस्रो अधिवेशन तथा तेस्रो वार्षिक साधारणसभबाट योगश भट्टराई निवाचित भएका छन्…






