गोपाल सेवा केन्द्र, पोखरा–१८ मा शनिबार भएको निशुल्क रक्त परीक्षण शिविरमा १ सय १६ जनाको सित्तैमा जाँच गरिएको छ ।
गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)को प्राविधिक सहयोगमा उनीहरुको मधुमेह र कलेजोसम्बन्धी जाँच निशुल्क गरिएको हो । कार्यक्रममा वरिष्ठ पेट तथा कलेजो रोग विशेषज्ञ डा शंकर बरालले पेट तथा कलेजोका विभिन्न रोगबारे प्रकाश पारे । उनले ग्यास्टिक खानपानले मात्र नभई ब्याक्टेरियाका कारणले पनि हुन सक्ने उल्लेख गरे । युआरएएलका प्रबन्ध निर्देशक गणेशप्रसाद कोइरालाले संस्थाले गरिरहेका शिविरहरु विश्वास र सेवाप्रतिको प्रतिबद्धताको प्रमाण भएको उल्लेख गरे । गोपालधामका अध्यक्ष लक्ष्मीशरण पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव रामजीप्रसाद पराजुली र महासचिव कल्पना सुवेदीले पनि बोलेका थिए ।
स्थापनादेखि नै युआरएलले आफैं र विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क रगत जाँच शिविर आयोजना गर्दै आएको छ । शनिबार आयोजित शिविर २ सय ३८ औं हो । २०७० सालमा स्थापना भएको युआरएलले गण्डकीका प्रदेशका विभिन्न जिल्लामा गरी २४ शाखाबाट सेवा प्रवाह गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा रेशमराज थापा चयन भएका छन् ।…






