पाल्पाली बहुउद्देश्यीय सहकारीमा रेशमराज थापा


     एभरेस्ट आवाज    
     असाेज ३ गते २०८३ मा प्रकाशित




पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको अध्यक्षमा रेशमराज थापा चयन भएका छन् ।

सहकारीको शनिबार सम्पन्न आठौँ वार्षिक साधारणसभा तथा तेस्रो अधिवेशनले सर्वसम्मत रूपमा थापाको अध्यक्षतामा नयाँ समिति चयन गरेको हो । समितिको उपाध्यक्षमा सुनिलप्रसाद अर्याल, सचिवमा युमाया पुन पचभैया र कोषाध्यक्षमा पदमप्रसाद पोखरेल चयन भएका छन्। यसैगरी सञ्चालक समितिको सदस्यहरूमा रमेशकुमार पौडेल, गिरीराज पोखरेल, इन्दिरा कँडेल, निर्मला विक र अनुपमान कर्माचार्य छन्।अधिवेशनले सहकारीको लेखा समिति संयोजकमा दामोदर बस्याल र सदस्यहरूमा ऋषिराम सिग्देल र डिलेश्वर आचार्य चुनिएका छन्।

संयोजक श्यामनाथ कुँवरको संयोजकत्वमा रहेको निर्वाचन समितिले नयाँ सञ्चालक समिति तथा लेखा समितिको निर्वाचन प्रक्रिया सम्पन्न गरी सर्वसम्मत रुपमा नामावली घोषणा गरेको जनाईएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।