नेशनल प्याब्सन कास्कीले जिल्लास्तरीय नेपाली भाषा ज्ञान प्रतियोगिता सम्पन्न गरेको छ ।
तहगत रुपमा आयोजना गरिएको प्रतियोगितामा पोखरा ३३ को मर्निङ ग्लोरी एकेडेमीले दुई तहमा प्रथम स्थान तथा एक तहमा द्वितीय स्थान हाँसिल गरी अब्बल बन्न सफल भएको छ। प्रतियोगितामा कक्षा १–५ तर्फ र कक्षा ९–१० तर्फ दुवैमा मर्निङ ग्लोरी एकेडेमी प्रथम भएको थियो भने कक्षा ६–८ तर्फ द्वितीय स्थान हाँसिल गर्न सफल भएको थियो । प्रतियोगिता अन्तर्गत कक्षा १–५ तर्फ रिलायन्स पब्लिक स्कुल द्वितीय, एकता आवासीय विद्यालय तृतीय र पिनाकल एकेडेमीले चतुर्थ स्थान हाँसिल गरे । त्यस्तै कक्षा ६–८ तर्फ लिटल फ्लावर एजुकेशनल सेकेण्डरी स्कुल प्रथम भएको छ । पिनाकल एकेडेमी तृतीय तथा शिलशिला इङ्लिस स्कुल चतुर्थ भए । कक्षा ९–१० तर्फ रिलायन्स पब्लिक स्कुल द्वितीय, डाइनामिक एकेडेमी तृतीय तथा शिलशिला इङ्लिस स्कुल चतुर्थ भए ।
प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका शिक्षा अधिकृत जीवनप्रसाद रेग्मीले गरेका थिए । उनले नेपाली भाषालाई थप मजबुत बनाउन र विद्यार्थीहरुलार्य भाषिक शुद्धताका लागि पनि प्रतियोगिता सहयोगी बनेको धारणा राखे । उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यालयहरूलाई पुरस्कार तथा ट्रफी प्रदान गर्दै भविष्यमा पनि विद्यार्थीहरूबीच स्वस्थ प्रतिस्पर्धाको वातावरण सिर्जना गर्दै उनीहरूको बौद्धिक क्षमता अभिवृद्धि गर्नेे प्रतियोगिता सञ्चालन हुने अपेक्षा गरे । नेशनल प्याब्सन कास्कीका अतिरिक्त क्रियाकलाप प्रमुख एवम् कोषाध्यक्ष कमल थापाले सञचालन गरेको कार्यक्रममा उपाध्यक्ष विकल पौडेलले स्वागत गरेका थिए । कार्यक्रममा केन्द्रिय सहकोषाध्यक्ष शिबदत्त तिवारी र केन्द्रिय कार्यक्रम संयोजक कमल रानाभाटले शुभकामना मन्तव्य राखे ।
प्रतियोगितामा विशेषज्ञका रूपमा नेपाली भाषा शिक्षक परिषद कास्कीबाट शिबहरि सुवेदी,लोकचन्द्र खनाल र शशि शिशिर ढुङ्गानाले सहजीकरण गरेका थिए। कार्यक्रम नेशनल प्याब्सन कास्कीका अध्यक्ष रोसन कोइरालाको अध्यक्षतामा भएको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मिजोरम गोर्खा नारी समाजले बिभिन्न कार्यक्रम गरी प्लाटिनम बर्ष समारोह सम्पन्न गरेको…






