फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान सुरु गर्दैछ ।
चार बर्षअघि संचालनमा आएको विमानस्थलबाट फ्लाई दुबईले, दुबई–पोखरा–दुबई रुटमा नियमित उडान गर्न लागेको हो । उडान तालिकाअनुसार दुबईदेखि उडेको जहाज आज साँझ ६ः१५ बजे पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने जनाइएको छ । पोखराबाट १६३ जना यात्रु लिएर आजै साँझ ७ः१५ बजे उक्त जहाज दुबईका लागि उड्ने विमानस्थलका सूचना अधिकारी विनोदसिँह रावतले जानकारी दिए । फ्लाई दुबईको ७३७ र म्याक्स ऐट, म्याक्स नाईन ले पोखरा–दुबई उडान गर्ने विमानस्थलका सूचना अधिकारी रावतले बताए । उक्त जहाजमा एक सय ३८ देखि एक सय ८९ सम्म यात्रु क्षमता रहेको उनको भनाइ छ । फ्लाई दुबईको हरेक दिन साँझ ६ः१५ बजे पोखरा अवतरण गर्ने र ७ः१५ बजे पोखरादेखि दुबईका लागि प्रस्थानको तालिका रहेको छ । सुरुमा एक महिनाका लागि मात्र दिनको एकपटक उडान गर्ने घोषणा गरेको फ्लाई दुबईले सन् २०२७ को मार्च २६ सम्मकै बुकिङ खुला गरिएको जनाएको छ ।
पोखरा आइपुग्ने फ्लाई दुबईको विमानलाई पोखरा विमानस्थलमा स्वागत गरिने छ । यूएईका प्रधानमन्त्री शेख मोहम्मद बिन रासिद अल मक्तुमका कान्छा भाइ शेख अहमद बिन रासिद अल मक्तुमको निधन भएका कारण, त्यसको सम्मान गर्दै झाँकी र ¥यालीको कार्यक्रम नगर्ने निर्णय गरिएको पोखराका मेयर धनराज आचार्यले जानकारी दिए।यद्यपि पहिलो उडानलाई औपचारिक स्वागत भने गरिने उनले बताए। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित नभएको अवस्थामा फ्लाई दुबईको उडानले पोखरा र समग्र पर्यटन क्षेत्रको प्रवद्र्धन हुने अपेक्षा गरिएको छ। आजदेखि हुने सीधा हवाई उडानलाई लक्षित गरी पोखराका होटल तथा रेष्टुराँ व्यवसायीले छुट योजना ल्याएका छन् । अन्तरदेशीय उडानमा यात्रु तथा पर्यटकलाई आकर्षित गर्न होटल÷रेष्टुराँमा छुट सुविधा दिइएको हो । होटल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले पहिलो तीन महिनाका लागि फ्लाई दुबईबाट आउने यात्रु÷पर्यटकलाई पोखराका होटलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको बताए । बुधबार साँझ पहिलो उडानबाट दुबईदेखि पोखरा आउने यात्रुका लागि एक रातका लागि बास र भोलिपल्ट बिहानको खाजा निःशुल्क गरिएको उनको भनाइ छ । पहिलो चरणमा तीन महिनाका लागि छुट योजना ल्याए पनि पछि थप हुनसक्ने अध्यक्ष सुवेदीले बताए ।
रेष्टुराँ एण्ड बार एसोसिएसन, पोखराले पनि फ्लाई दुबईबाट पोखरा आउने यात्रुलाई संस्थामा आबद्ध रेष्टुराँहरुमा १५ देखि २० प्रतिशतसम्म छुट दिइने जनाएको छ । ‘रेवान’का अध्यक्ष वसन्त गौतमले फ्लाई दुबईको ‘बोडिङ पास’ लिएर आउने यात्रु÷पर्यटकलाई छुटको सुविधा दिइने बताए । लामो प्रतीक्षापछि पोखराबाट नियमित अन्तरदेशीय उडान हुन लागेकाले यस क्षेत्रका पर्यटन व्यवसायीलगायत उत्साहित छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले अन्नपूर्ण गाउँपालिकामा पालिकाहरूको पुनरावलोकन सम्बन्धी छलफल गरेको…






