कास्की जिल्लास्तरिय पुनरावलोकन अध्ययन समितिले अन्नपूर्ण गाउँपालिकामा पालिकाहरूको पुनरावलोकन सम्बन्धी छलफल गरेको छ।
गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सिमाना हेरफेर र नगरपालिका वर्गीकरणको पुनरावलोकन सम्बन्धि मापदण्ड ,२०८३ अनुसार गठित समितिले वडाको सिमाना हेरफेर सम्बन्धमा अन्नपूर्ण गाउँपालिकाबाट प्राप्त प्रस्तावका बिषयमा केन्द्रित रहेर छलफल गरेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए ।छलफलका क्रममा प्रमुख पौडेलले नेपाल सरकार मन्त्री परिषदको निर्णय मुताबिक भुमी ब्यबस्था ,सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनको मिति २०८३ असार चार गते राजपत्रमा प्रकाशित सुचना बमोजिम पुनरावलोकन सम्बन्धि मापदण्ड अनुसार समितिले कार्य गरिरहेको उल्लेख गरे । छलफलमा अन्नपूर्ण गाउँपालिका अध्यक्ष बिष्णु बहादुर के सि ,उपाध्यक्ष चन्द्रकला पौडेलले प्रस्तावित सिमाङ्कनका सम्बन्धमा चर्चा गरेका थिए । निर्धारित मापदण्ड र कार्यका बारेमा समितिका सदस्य सचिव समेत रहेका जिल्ला समन्वय अधिकारी नवराज बरालले जानकारी गराएका थिए ।
निर्धारित मापदण्ड अनुसार पालिकाको संख्या र सिमाना हेरफेर वा एक आपसमा गाभिने प्रस्ताव गर्दा स्थानिय सरकार संचालन ऐन २०७४ को दफा ३ को उपदफा दुई बमोजिम जनसंख्या ,भूगोल ,प्रशासनिक सुगमता ,पूर्बाधार बिकासको अबस्था आर्थिक सक्षमता ,प्राकृतिक स्रोत साधनको उपलब्धता ,भाषिक,साँस्कृतिक तथा सामुदायिक बनौटलाइ प्रमुख आधार बनाउनुपर्ने उल्लेख छ।त्यस्तै वडाको संख्या ,सिमाना र केन्द्र हेरफेर गर्ने वा वडाहरू एक आपसमा गाभिने प्रस्ताव गर्दा सो ऐनको दफा ५ को उपदफा ३ बमोजिम जनसंख्या बितरणको अवस्था ,भौगोलिक निरन्तरता ,अनुकुलता तथा बिशिस्टता ,भाषिक ,सांस्कृतिक तथा सामाजिक विशिष्टता,सेवा सुबिधा वितरणको अवस्था र बिद्यमान भौतिक पूर्वाधार लाई मुख्य आधार बनाउनुपर्ने उल्लेख छ।
मापदण्ड बमोजिम सिमाना हेरफेर गर्न सम्बन्धित पालिकाको तत्काल कायम रहेको सदस्य संख्याको दुई तिहाइ बहुमतले पारित गरेर प्रदेश सरकारमा सिफारिस गर्नुपर्ने र त्यसको १५ दिनभित्र प्रदेश सरकारले नेपाल सरकारमा सिफारिस गर्नुपर्ने उल्लेख छ। प्राप्त सुझाव र निर्णय मुताबिक केन्द्र र सिमाना नेपाल सरकारले निर्धारण गर्ने उल्लेख छ। मापदण्डमा स्थानिय सरकार संचालन ऐन २०७४को दफा ३,५,६,७,८ बमोजिम पुनरावलोकन हुन सक्ने उल्लेख छ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


लम्जुङ–पोखरा सम्पर्क समितिको ३३ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ…






