लम्जुङ–पोखरा सम्पर्क समितिको स्थापना दिवस मनाईयो


     एभरेस्ट आवाज    
     असाेज ७ गते २०८३ मा प्रकाशित




लम्जुङ–पोखरा सम्पर्क समितिको ३३ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरी मनाईएको छ ।

लम्जुङ घर भई पोखरामा आएर स्थायी वा अस्थायी रुपमा बसोबास गरेका लम्जुङेहरु आवद्ध सो संस्थाले केक काटेरै आफ्नो स्थापना दिवस मनाएका हुन् । कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथी निबर्तमान अध्यक्ष बुद्विमान दुरा धम्पुले सामाजिक एकता र भावनाबाट गरिने जुनसुकै कार्यले पनि सफलता पाउने बताए । उनले ३३ बर्षअघि स्थापना भएको संस्थाले पोखरामा मात्र नभई लम्जुङमा समेत उल्लेखनिय कार्य गरेको भन्दै प्रशंसा गरे ।समितिका अध्यक्ष ईश्वर चिलुवालले सबैको साथ र सहयोगबाट संस्था यहाँसम्म आईपुगेको बताउँदै, आगामी दिनमा थप वृहत र विस्तार हुने बताए ।

उनले आफुहरु जुन ठाउँमा गए पनि आफ्नो जन्मस्थानको विकास र प्रर्वद्धनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाए । कार्यक्रममा लम्जुङ साकोसका अध्यक्ष विजुली बहादुर गुरुङ, समितिका पूर्व अध्यक्ष एवं सल्लाहकार सुर्य प्रसाद बराल, ऋषिराम चिलुवाल, महिला उप समितिका पूर्व संयोजक एवं सल्लाहाकार कासीमाया गुरुङ, महिला उप समितिका संयोजक पार्वती खनाललगायतले संस्थाले हालसम्म गरेका गतिबिधीको चर्चा गरेका थिए ।

समितिका अध्यक्ष ईश्वर चिलुवालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष लिलाबहादुर गुरुङ र संचालन सचिव शशि श्रेष्ठले गरेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।