सन्देश श्रेष्ठ
पोखरा, असोज १०
पोखराको न्यूरोडमा रहेको सिटिजन फर्निचरले नेपालीको महान चाँड बडादशैं तथा शुभ दीपावली (तिहार)को अवसरमा आकर्षक छुट प्रदान गरेको छ । सिटिजन फर्निचरले दशैंदेखि तिहारसम्मका लागि सिटिजन फर्निचरमा उपलब्ध सामानहरुमा खरिद गर्दा २० देखि ३० प्रतिशतसम्म छुट दिने घोषणा गरेको हो ।
सिटिजन फर्निचरमा उपलब्ध घरायसी तथा कार्यालय सञ्चालनमा आवश्यक पर्ने गुणस्तरीय फर्निचर, सोफा, अफिस टेबल, टि टेबल, पर्दा, कार्पेट, डाइनिङ टेबल, कुर्सी, डोरमेटलगायतका सामग्रीहरुमा विशेष चाँडपर्व अफर अन्तर्गत भारी छुट प्रदान गरिने सञ्चालक दीपक कार्कीले जानकारी दिए । उनले भने,‘अन्य बेला पनि हाम्रोमा गुणस्तरीय सामान सस्तोमा बेच्छौं, यस वर्षको महान चाँडहरु दशैं तथा तिहारको अवसरमा भारी छुट दिने घोषणा गर्दछौं ।’

सिटिजन फर्निचरमा २० हजारदेखि ४ लाखसम्मका सोफादेखि अन्य गुणस्तरीय सामानहरु सर्वसुलभ मूल्यमा पाईने सञ्चालक कार्कीले बताए ।
सञ्चालक कार्कीले अहिले बजारमा अस्वस्थ प्रतिष्पर्धा रहेको बताए । बिना दर्ता राज्यलाई कर नतिरी अनलाईन सपिङ गर्नेले सस्तोको नाममा कमसल सामान बेचिरहेको उनको दाबी छ । यसलाई राज्यले नियमन गर्नुपर्ने उनको भनाई छ । एउटा मोवाइलको एपका आधारमा सामान बिक्री हुन्छ,उनले भने,‘अनि कमसल सामान बेचेर मोवाइल अफ गरेर बेच्छ, जसले गर्दा ग्राहक ठगिन्छ । यसले गर्दा हामी गुणस्तरीय सामान बेच्नेलाई पनि असर परिरहेको छ, त्यसैले यसलाई राज्यले गम्भीरतापूर्वक लिएर नियमन र निगरानी गरोस् ।’
स्वदेशमै बसेर उद्यमशीलता गरौं र मुलुकको विकासमा अलिकति भए पनि टेवा पुगोस् भनेर २०७० साल असार २६ गतेदेखि पोखराको न्यूरोडमा मुख्य कार्यालय तथा आउटलेट राखेर सिटिजन फर्निचरले व्यवसाय सञ्चालन गरिरहेको छ । करीब १३ वर्षको यस अवधीमा सिटिजन फर्निचरले न्यूरोडमै सिटिजन फर्निसिङ सप्लायर्स सञ्चालन गरिरहेको छ भने सिटिजन फर्र्निचर एण्ड फर्निसिङ हब तथा सिटिजन कम्प्युटर एण्ड मेन्टेनेन्स पनि सञ्चालनमा रहेको सञ्चालक कार्कीले जानकारी दिए । जहाँ २७० जना युवालाई रोजगारी प्रदान गर्दै आएको उनले बताए ।
व्यवसाय र उद्यमशीलतामा अब्बल सिटिजन फर्निचरका सञ्चालक दीपक कार्की गण्डकी प्रदेश सरकारको युवा उद्यमी सम्मानबाटसमेत सम्मानित भइसकेका छन् । व्यवसायमा सफल सिटिजन फर्निचरले व्यवसायसँगै सामाजिक कार्यलाई पनि उत्तिकै प्राथमिकताका साथ कार्य गरिरहेको छ । आफ्नो जन्मस्थान पाल्पा जिल्ला रिब्दीकोट गाउँपालिका वडा नम्बर–४ स्थित भैरवस्थानको लाखेनाच हरेक वर्ष पोखरा ल्याएर पोखरेलीलाई प्रदर्शन गर्दै आएको सिटिजन फर्निचरले भोटेकोशी बाढी पीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख ११ हजार १ सय ११ रुपैयाँ प्रदान गर्नुका साथै पोखरामा हुने हरेक कार्यक्रममा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग पनि गर्दै आएका छन् ।
सिटिजन फर्निचरका सञ्चालक कार्की सञ्चार उद्यमी पनि हुन् । उनी संलग्न एभरेस्ट मिडिया हाउसले एभरेस्ट एफएम ९३ मेगाहर्ज र एभरेस्ट आवाज डटकम सञ्चालन गर्दै आएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, असोज १० एवन ग्रेटर नेपाल यातायात प्रालिले दुर्घटना नगराउने चालकहरुलाई…







