पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको नागढुंगा आमा समुहले फोहरमैला व्यवस्थापनमा कडा निगरानी गर्ने घोषणा गरेको छ ।
समुहको शनिबार सम्पन्न २३ औं वार्षिक साधारण सभाका अवसरमा वडाभित्र फोहरमैला व्यवस्थापनमा चुनौती देखिएको जनाउँदै, त्यसको उचित व्यवस्थापन नगर्ने र जथाभावी फ्याँक्नेलाई कारबाही गर्ने घोषणा समेत गरेको हो ।कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ९ की वडा सदस्य लक्ष्मी पहारीले स्थानीय विकास, सामाजिक उत्तरदायित्व र विशेषगरी फोहोरमैला व्यवस्थापनको विषयमा महत्वपूर्ण प्रतिबद्धताहरू व्यक्त गरिन् । समूहकी अध्यक्ष कमला श्रेष्ठले नागढुंगा क्षेत्रको वातावरणीय सरसफाइ र फोहोर व्यवस्थापनलाई कडाइका साथ लागू गर्ने उद्घोष गरिन् । सार्वजनिक स्थलमा जथाभाभी फोहोर फाल्ने स्कुटर र मोटरसाइकलको नम्बर टिपिएको र यातायात कार्यालयको समन्वयमा उनीहरूको नाम तथा सम्पर्क नम्बर समेत निकालिएको जानकारी दिइन् ।
कार्यक्रममा आमा समुहलाई सहयोग तथा विशिष्ट योगदान दिए बापत नागढुंगा टोलविकास संस्था, जेष्ठ सदस्य श्यामली बराल, अक्षयकोषदाताहरु श्याम बहादुर श्रेष्ठ, नन्दराम गिरी, पबित्रा गिरी र सित गिरी, असल कारोबारकर्ता बबिता राजभण्डारी, सहयोगदाता तारा क्षेत्री र रुबिन क्षेत्री, आर्थिक सहयोगदाता दिपा सुवेदी र देवि घिमिरे, सक्रिय सदस्य लक्ष्मी राजभण्डारी, वडाका तालिममा उत्कृष्ठ भएका सुनिता जोशी, कृष्ण कुमारी कुँवर र मथुरा गिरी लगाएत सम्मान गरेको थियो ।सो अवसरमा पोखरा–९ का वडा सदस्य नन्दराम गिरी, नागढुंगा आमा समूहकी संस्थापक अध्यक्ष पवित्रा गिरी, निवर्तमान अध्यक्ष कमला केसी, पूर्व अध्यक्ष लक्ष्मी गिरी, समाजसेवी ठाकुर प्रसाद अधिकारी, हातेमालो नागढुंगा आमा समूहकी अध्यक्ष, नागढुंगा टोल विकास संस्थाका अध्यक्ष विष्णु प्रसाद सुवेदी, एयरपोर्ट आमा समूहकी अध्यक्ष नानी माया गुरुङ, एयरपोर्ट टोल विकास संस्थाकी उपाध्यक्ष शोभा पौडेलले बोलेका थिए ।
साधारण सभाले समूहकी सचिव पुष्पा गिरी र कोषाध्यक्ष मैया देवी श्रेष्ठले प्रस्तुत गरेको प्रगति र आर्थिक प्रतिवेदनलाई पारित गरेको छ।कार्यक्रममा उपस्थित सरोकारवालाहरूले नागढुंगा क्षेत्रलाई सुन्दर, सभ्य र सफा टोल बनाउन आमा समूहसँग सदैव सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा महानगरपालिका वडा नं. ९ मा रहेको नागढुंगा आमा समुहले फोहरमैला व्यवस्थापनमा…







