अबिरल बर्षापछि आएको पहिरोमा परी बागलुङ र पाल्पामा ६ जनाको मृत्यु भएको छ भने ३ जना बेपत्ता छन् ।
बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख फणीन्द्र प्रसाईंका अनुसार निसी खोला गाउँपालिका–३ की श्यामकुमारी विक र उनका तीन जना छोरा मनोज, मुकेश र निसान विकको मृत्यु भएको हो ।पहिरोमा पुरिएको अवस्थामा तीन जनाको शव निकालिएको हो । त्यस्तै पाल्पाको माथागढी गाउँपालिका–२ र रिब्दीकोट गाउँपालिका–६ मा पहिरोमा परी दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार माथागढी गाउँपालिका–२, रुप्से रजौलीका ७५ वर्षीय शेरबहादुर चिदी र रिब्दीकोट गाउँपालिका–६, ठिमुरे धुस्तुङकी ५९ वर्षीया कृष्णकुमारी सारुको मृत्यु भएको हो ।
दुवै जनाको शव निकालिएको छ । दुवै शव परीक्षणका लागि जिल्ला अस्पताल पाल्पामा राखिएको छ । यसैगरी, पहिरोमा परेर तीन जना बेपत्ता भएका छन् । माथागढी गाउँपालिका–३ कसेनी भैसीकट्टामा पहिरोले लिलबहादुर घर्तिमगरको घर पुरिएको छ । घर्तीको परिवारका दुई जना र छिमेकीकी एक छोरी हराइरहेका छन् । उनीहरुको खोजी जारी रहेको प्रहरी नायब उपरीक्षक भट्टराईले जानकारी दिए । यता कालीगण्डकीको बाढीले पर्वतको जलजला गाउँपालिका–८ स्थित फर्से र लस्ती बजारका पाँच घर बगाएको छ भने त्यहाँका कैयौँ घर बाढीको जोखिममा छन् ।
गाउँपालिका अध्यक्ष राजु आचार्यका अनुसार जोखिमयुक्त बस्तीका बासिन्दालाई सुरक्षित स्थानमा सारिएको छ । कालीगण्डकी बाढीले म्याग्दी, पर्वत, बागलुङलगायत जिल्लाका तटीय क्षेत्रमा विभिन्न स्थानमा कटान गरेको छ । गएरातिदेखि कालीगण्डकीमा जलसतह बढेपछि सर्वसाधारणमा त्रास बढेको छ । रासस

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष…







