डादसैँलाई स्वागत गर्न पर्वतमा प्रथम दुर्लुङकोट पुरुष हाफ म्याराथन प्रतियोगिता हुने भएको छ।
दुर्लुङकोट म्याराथन समाजको आयोजनामा यही असोज ३१ गते म्याराथन आयोजना गर्न लागिएको हो।ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थल दुर्लुङकोटको प्रचार तथा युवाहरूलाई खेलकुद र स्वस्थ जीवनशैलीमा जोड्ने उद्देश्यका साथ सो कार्यक्रम गर्न लागिएको अध्यक्ष भीम गुरुङले जानकारी दिए । बडादसैँको अवसर पारेर आयोजना हुने प्रतियोगिता मोदी गाउँपालिकाको पातिचौरबाट सुरु भइ कुश्मा बजार हुँदै दुर्लुङकोट पुगेर टुंगिने गरी रुट तय गरिएको छ। म्याराथनमा प्रतियोगितामा देशभरका व्यावसायिक खेलाडी तथा धावकहरुलाई सहभागी हुन आयोजक दुर्लुङकोट म्याराथन समाजले आह्वान समेत गरेको छ।
म्याराथन प्रतियोगतामा सहभागी हुन चाहने खेलाडी १७ वर्ष पूरा भएको हुनुपर्ने र असोज २३ गतेसम्म आयोजकलाई सम्पर्क गरी गुगल फारम भरेर आफ्नो नाम दर्ता गर्ने व्यवस्था गरिएको प्रचार संयोजक सूर्य पौडेलले जानकारी दिए । नाम दर्ताका लागि एक हजार रुपैयाँ शुल्क तोकिएको छ। प्रतियोगितामा प्रथम पुरस्कार रु एक लाख नगद, ट्रफी, मेडल र प्रमाणपत्र, द्वितीय पुरस्कार रु. ६० हजार, तृतीय पुरस्कार रु. ४० हजार, चौथो पुरस्कार रु. २० हजार र पाँचौ स्थान प्राप्त गर्नेलाई रु. १० हजार प्रदान गरिने प्रचार संयोजक पौडेलले बताए ।
प्रतियोगितामा दौड सफलतापूर्वक पूरा गर्ने धावकहरूलाई प्रोत्साहन स्वरूप सम्मानपत्र तथा मेडल प्रदान गरिने जनाईएको छ। यस प्रतियोगिताले ऐतिहासिक दुर्लुङकोट र पर्वत जिल्लाकै आन्तरिक पर्यटन प्रवर्द्धन र खेलकुद विकासमा महत्वपूर्ण हुने आयोजक संस्थाले विश्वास लिएको छ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


चर्चित सांगीतिक ब्याण्ड नेपथ्य तनहुँमा गुञ्जने भएको छ । मंसिर १२ गते…







