गण्डकी प्रदेशका पूर्वमन्त्री गुरुङ,कांग्रेस देउवा समूहमा प्रवेश, मनाङको जिम्मेवारी


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०८३ मा प्रकाशित




गण्डकी प्रदेशका पूर्वमन्त्री राजीव गुरुङ (दीपक मनाङे) नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन्।

उनलाई कांग्रेसको निवर्तमान सभापति देउवा समूहद्वारा गठित महाधिवेशन आयोजक समितिका संयोजक एवं पार्टीका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले मंगलबार पार्टीमा प्रवेश गराएका हुन् । कांग्रेस प्रवेशसँगै उनी पार्टीको आगामी महाधिवेशन तयारीमा समेत जोडिएका छन्। देउवा समूहले उनलाई महाधिवेशनका लागि मनाङ जिल्लाको महाधिवेशन आयोजक समितिको संयोजक समेत तोकेको सचिवालयले जनाएको छ।

देउवा पक्षले असोज १५ गतेदेखि वडा अधिवेशन सुरु गर्दै छ।यसअघि देउवा स्वदेश फर्किएकै दिन उनलाई भेट्न मनाङे चुनदेवीस्थित सम्पर्क कार्यालयमै पुगेका थिए। मनाङे २०७९ सालको प्रदेश सभा निर्वाचनमा गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका थिए। उनी मन्त्री पनि बनेका थिए। तर, सर्वोच्च अदालतले उनलाई सांसदबाट पदमुक्त गरेको थियो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।