अनुसन्धानदाता डा. अनिल सुवेदी र प्रा.डा. चन्द्रा भद्रा पोखरामा सम्मानित भएका छन् ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान, पोखराले १८औँ वार्षिक साधारणसभा तथा नवौँ अधिवेशनका अवसरमा कृषि तथा वनस्पतिका क्षेत्रमा अनुसन्धान र साहित्य सिर्जनामा योगदान पुर्याएका सुवेदी र लैङ्गिक अध्ययन र अनुसन्धानका क्षेत्रमा क्रियाशिल भद्रालाई नगद दशहजार, सम्मानपत्र र दोशल्ला प्रदान गरी सम्मानित गरिएको हो । सुवेदीलाई संस्थाका आजीवन सदस्य तारा पाखेकी बुहारी सन्जु गौतमको संरक्षकत्वमा संस्थामा स्थापित ‘अनिल गौतम सिर्जनशील पुरस्कार २०८३’ र भद्रालाई संस्थाका सदस्य पुण्यप्रसाद भट्टराईका छोरा बुहारी विजयकुमार र भावना भट्टराईको संरक्षकत्वमा संस्थामा स्थापित ‘सीतापुण्य सिर्जनशील पुरस्कार २०८३’ अर्पण गरिएको हो । उनीहरुलाई संस्थाका जेष्ठ सदस्य टीकाराम वाग्ले र अध्यक्ष सुरज पौडेलले सम्मान गरे । कार्यक्रममा प्रमुख अतिथि वाग्लेले सम्मानित व्यक्तित्वलाई बधाई दिदैं, संस्थामा रहँदाको अनुभव सुनाएका थिए । सम्मानित व्यक्ति सुवेदी र भद्राले संस्थाले गरेको सम्मानप्रति खुसी व्यक्त गरे ।प्रतिभा छनोट समितिका संयोजक डा. योगराज पौडेलले पुरस्कृत व्यक्तित्वहरूको व्यक्तित्वमाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा संस्थाका ज्येष्ठ सदस्यहरू टीकाराम वाग्ले, वसन्तप्रसाद पराजुली, पुण्यप्रसाद भट्टराईलाई ढाका टोपी लगाएर सम्मान गरिएको थियो । सोही अवसरमा संस्थाद्वारा प्रकाशित ‘अवधारण सिर्जना’ अङ्क ४ र कार्यसमिति सदस्य पुण्यप्रसाद भट्टराईको ‘दृश्यदर्पण’ कवितासङ्ग्रहको पनि लोकार्पण गरिएको छ । कार्यक्रममा निर्वाचन समितिका संयोजक दिपेन्द्र पराजुली, पूर्व अध्यक्ष डा. भूमिराज बस्ताकोटी,सदस्य लोकचन्द्र खनाल,सदस्य वसन्तराज चालिसे,डा. लक्ष्मीशरण अधिकारी, विन्दु पौड्याल,कपिलमणि दाहाल, सुलोचना खनाललगायतले संस्थाका गतिबिधीको चर्चा गरेका थिए ।त्यस अवसरमा कल्याण पन्त, प्राञ्जल, पुष्पराज कोइराला, डा चुडामणि कडेल, रीता अधिकारी ‘ऋतुु’ कृष्णप्रसाद बस्ताकोटी र राजु क्षेत्रीलाई संस्थाको आजीवन सदस्यता प्रदान गरिएको थियो ।
यसैबिच अधिवेशनले डा. श्रीधर न्यौपानेको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। संस्थाको उपाध्यक्षमा अम्बिकाप्रसाद भट्टराई, सचिवमा लोकचन्द्र खनाल, सहसचिवमा शान्ति कंडेल र कोषाध्यक्षमा कृष्णप्रसाद बाँस्तोला राजु चयन भए । सदस्यहरूमा पुण्यप्रसाद भट्टराई, डा. चुडामणि कडेल, इन्दु सुवेदी, कमला खनाल, मणि डुम्रे, पुष्पराज कोइराला निर्वाचित भए । नवनिर्वाचित कार्यसमितिलाई निर्वाचन समितिका संयोजक दिपेन्द्र पराजुलीले शपथग्रहण गराएका थिए । नवनिर्वाचित अध्यक्ष डा.श्रीधर न्यौपानेले आगामी दिनमा सबैको साथ सहयोगमा संस्थालाई गति दिने प्रतिबद्धता व्यक्त गरे ।सभाले कोषाध्यक्ष टेकनाथ पौडेल र सचिव डा. पिताम्बर पौडेलद्वारा प्रस्तुत प्रतिवेदन छलफलपछि पारित गरेको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बाढीपहिरोबाट प्रभावित मनाङको स्थलगत निरीक्षण गरेका छन्…







