पोखरामा ‘सोयम कीमा नुडल्स’को फ्री टेस्टिङ


     एभरेस्ट आवाज    
     असाेज १४ गते २०८३ मा प्रकाशित




पोखरा ।

सीजि फूड्स नेपाल लिमिटेडले उत्पादन गरेको ‘सोयम कीमा नुडल्सले पोखराका विभिन्न ठाउँमा फ्री टेस्टिङ सुरु गरेको छ।
नेपालमै पहिलो पटक चौधरी ग्रुपले उत्पादन गरेको कीमा नुडल्सको फ्री टेस्टिङ सुरु गरेको सीजि फूड्सले जनाएको छ । उपभोक्तालाई नयाँ उत्पादनबारे जानकारी गराउने उद्देश्यले पोखराका विभिन्न मार्केटमा फ्री टेस्टिङ सुरु गरिएको चौधरी ग्रुपका रिजनल सेल्स म्यानेजर सुनिल सुवेदीले जानकारी दिए।

१३० ग्राम तौल रहेको सोयम कीमा नुडल्सको खुद्रा मूल्य एक सय रुपैयाँ तोकिएको छ। चौधरी ग्रुपले नेपालमा पहिलो पटक कीमा नुडल्स उत्पादन गरी बजारमा ल्याएको उनले बताए ।

फ्री टेस्टिङमार्फत उपभोक्ताले उत्पादनको स्वाद परीक्षण गरिरहेका छन् । स्वाद चखाएर उत्पादित वस्तुबारे जानकारी गराउने योजना अनुसार फ्री टेस्टिङ भइरहेको उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।