बडादशैंमा ‘देशै छोडी आईयो’ सार्वजनिक


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित




पोखरेली लोक गायक हिमलाल सुनारले बडादशैंको छेकोमा ‘देशै छोडी आईयो’ गीत सार्वजनिक गरेका छन् ।

चाडबाडको बेला परिवारसँग छुट्टिनुपर्ने बाध्यतालाई गीत मार्फत प्रस्तुत गरिएको लोकभाकालाई डिएस फिल्मस् युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको हो । दिपक अधिकारीको शब्द र लयमा हिमलाल सुनार र शान्ता बर्देवाको आवाज रहेको छ । तारानाथ आचार्यको संगीत एरेञ्ज भएको गीतको म्युजिक भिडियोको डिएस फिल्मस्ले तयार पारेको गायक सुनारले जानकारी दिए । भिडियोमा आरके बसौंला र जुना कार्कीले अभिनय गरेका छन् । भिडियोको निर्देशन भने तारानाथ आचार्यले नै गरेका हुन् ।

डिजिटल स्टारमा रेकर्डिङ्ग भएको गीतमा अहिलेका युवाहरु बाध्यताले विदेशिनु परेको समस्यालाई उजागर गरिएको र चाडपर्वका बेला विदेशमा रहेकालाई आफ्नो घरको सम्झनाले थप सताउने विषयलाई उजागर गरेको गीतकार दिपक अधिकारीले बताए । भिडियोका सिनेमेट्रोग्राफर गणेश सापकोटा छन् भने विनिता गुरुङ, अमृत देवकोटाले भिडियोलाई उत्कृष्ट बनाउन निकै मेहनत गरेका छन् । यसअघि ‘दिलको ढोका’ जस्तो चर्चित गीत बजारमा ल्याएका सुनारले यस गीतले पनि श्रोता, दर्शकको मन छुने अपेक्षा गरेका छन् ।

गीत सार्वजनिक भएको केही घण्टामै यसले राम्रो प्रतिक्रिया पाएको बताईएको छ । गीतको प्रस्तुतकर्ता आरके बसौंला हुन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।