गोनेसाद्वारा बिभिन्न व्यक्ति सम्मानित, संस्थाको सामाजिक परिक्षण सम्पन्न


     एभरेस्ट आवाज    
     असाेज १६ गते २०८३ मा प्रकाशित




असल छिमेकी सहयोग संघ नेपाल, पोखराले बिभिन्न व्यक्तिलाई सम्मान गरेको छ ।

संस्थाको २४ औं साधारण सभा तथा सामाजिक परिक्षण कार्यक्रमका क्रममा रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराका अध्यक्ष बसन्त गौतम, धनेश्वर रखाल, बिमल बहादुर कुँवर र कृष्णबहादुर कुँवर सम्मानित भएका छन् । उनीहरुलाई जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल र गोनेसाका अध्यक्ष रामप्रसाद सुबेदीले सम्मान गरे । सोही अवसरमा जानकी माध्यमिक विद्यालय, महतगौडामा कक्षा १० मा अध्ययनरत समीर चौधरीलाई पनि छात्रवृत्ति प्रदान गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै जिल्ला समन्वय समिति, कास्कीका प्रमुख पौडेलले सामाजिक संघ संस्थाहरू राष्ट्रको समृद्धिका सहयात्री रहेको बताए । उनले गैरसरकारी संस्थाहरूले नेपालको विकासको निम्ति खेलेको भूमिका अतुलनीय रहेको र गैससहरू पार्दशिता, जवाफदेहीतामा अब्बल हुन आग्रह गरेका छन् ।

ग‍ोनेसाका अध्यक्ष रामप्रसाद सुवेदीले संस्थाद्वारा दिगो विकास लक्ष्यको तीन र चार अनुरूप परियोजनाहरू कार्यान्वयन गर्दै आएको बताए ।कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. ७ का अध्यक्ष राममोहन आचार्य, १७ का वडा सदस्य बिक्रम गुरूङ, २५ का सदस्य कृष्णबहादुर कुँवर, रेस्टुरेन्ट एन्ड बार एसोसिएसन पोखराका अध्यक्ष बसन्त गौतम, पोखरा महानगरपालिका स्वास्थ महाशाखाका अधिकृत अर्जुनबहादुर क्षेत्री, जानकी माध्यमिक विद्यालय, महतगौडाका प्रधानाध्यापक अर्जुन कँडेल, गैरसरकारी संस्था महासंघ नेपाल, कास्कीका उपाध्यक्ष सरोजनारायण बराल, संस्थाका कार्यकारी निर्देशक शिवराज शर्मालगायतले बोलेका थिए । सभामा महासचिव श्यामनाथ कुँवरको प्रगति प्रतिवेदन र आगामी वर्ष संचालित कार्यक्रमहरूको कार्य योजना प्रस्तुत गरिएको थियो भने कोषाध्यक्ष निरमाया गुरूङले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिईन् ।

सामाजिक परिक्षण विज्ञ एवं सामाजिक अभियन्ता नारायण पौडेलले संस्थाद्वारा आर्थिक बर्ष २०८१,२०८२ का गतिविधिको सामाजिक परिक्षण गरेका थिए । २०५६ साल देखी सुकुम्बासी बस्तीमा बसोबास गर्ने बालबालिकाको न्यूनतम आवश्यकता शिक्षा, स्वास्थ्य,पोषण, जिविकोपार्जन, जलवायु परिवर्तन, सरसफाइ र आर्थिकसामाजिक रूपान्तरणलाई निरन्तर सहयोग गर्दै आएको छ । संस्थाले प्रारम्भिक बाल विकास कार्यक्रम अन्तर्गत करिब २ सय ७६ जना साढे दुई वर्ष देखि पाँच बर्ष उमेर समूहका बालबालिकाहरूले बालविकास केन्द्रबाट सेवा लिएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।