बेगनास तालमा डुबेर २४ वर्षीय युवकको मृत्यु


     एभरेस्ट आवाज    
     असाेज १७ गते २०८३ मा प्रकाशित




पोखरा, शनिबार — पोखरा महानगरपालिका–३१ स्थित बेगनास तालमा डुबेर २४ वर्षीय नरेश विकको मृत्यु भएको छ।
सल्यान घर भई पोखरा–१४ खसीबजार बस्दै आएका विक शनिबार साँझ नुहाउने तथा पौडी खेल्ने क्रममा तालमा डुबेर बेपत्ता भएका थिए।
बेपत्ता भएको खबर पाएलगत्तै सशस्त्र प्रहरी बल कालिका गण पोखराबाट गोताखोरसहित ११ जनाको उद्धार टोली घटनास्थल पुगेको थियो।
सशस्त्र प्रहरी निरीक्षक शरणबहादुर खड्काको कमान्डमा साँझ ५ः५५ बजे पुगेको टोलीले खोजी थालेको थियो। गोताखोर सशस्त्र प्रहरी जवान देवराज खनाल र युवराज श्रेष्ठले साँझ ७ बजे तालको करिब २५ फिट गहिराइबाट विकलाई मृत अवस्थामा निकालेका थिए।
सशस्त्र प्रहरीले मृतकको शव परीक्षणका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएको जनाएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।