सन्देश श्रेष्ठ
पोखरा, असोज १८
नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आर्थिक पारदर्शिता अप्नाउन शुरु गरेको छ । पोखरा शिवालयचोकस्थित कास्की पार्टी कार्यालय भवनको माथिल्लो तलामा सभाहल बनाउँदा लागेको खर्च सार्वजनिक गरेर नेकपा कास्कीले आर्थिक पारदर्शिता अप्नाउन शुरु गरेको हो ।
यसअघि नेकपालगायत कुनै पनि पार्टीले आर्थिक संकलन गर्दा होस् वा खर्च गर्दा आर्थिक कारोबार सार्वजनिक गर्ने प्रचलन थिएन । तर नेकपा कास्कीले भवनको माथिल्लो तलामा सभाहल निर्माणमा लागेको खर्च र संकलन भएको रकम दुबै बुँदागत रुपमा आईतबार सार्वजनिक गरेर आर्थिक पारदर्शिताको नमूना प्रदर्शन ग¥यो ।
कास्की पार्टीको कार्यालय भवनको हल बनाउँदा कुल ५ लाख ९५ हजार खर्च भएको नेकपा कास्कीका कार्यवाहक ईञ्चार्ज रामजीप्रसाद बराल (जीवन)ले जानकारी दिए । उनका अनुसार सो हल बनाउनका लागि ट्रसमा ३ लाख ५५ हजार रुपैयाँ, अल्मुनियमलाई १ लाख ७९ हजार र बत्ती तथा वायरिङमा ५९ हजार खर्च भएको छ । सो हल बनाउनका लागि पार्टीले ६० जनाबाट ६ लाख ४७ हजार संकलन गरेको उनले बताए । खर्च कटाएर ५४ हजार बचत भएको पनि उनले जानकारी दिए ।
आर्थिक हिसाबकिताव सार्वजनिक गर्दै कार्यवाहक ईञ्चार्ज बरालले पार्टी आर्थिक पारदर्शितामा स्पष्ट रहेको बताए । बेलाबेला पार्टीमाथि पारदर्शिताको प्रश्न पनि उठ्ने गरेको छ,उनले भने,‘त्यसैले अबदेखि कुनै पनि प्रश्न नउठोस् भनेर संकलित रकम र खर्चको विवरणको फेहरिस्त सार्वजनिक गरेका हौं ।’ उनले आगामी दिनमा पनि आर्थिक पारदर्शितालाई निरन्तरता दिईने बताए ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा गण्डकी प्रदेशका सहईञ्चार्ज श्रीनाथ बरालले पार्टीले आर्थिक पारदर्शिता अप्नाउनु उदाहरणीय भएको बताए । उनले पार्टी अब पुरानो ढंगले नचल्ने भन्दै सबैका पथप्रदर्शक पार्टी हुनुपर्ने र त्यसको शुरुवात कास्की पार्टीले गरेकोमा धन्यवादसमेत दिए ।
नेकपा कास्कीका संयोजक खड्ग हमालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सह-संयोजक विनय थापाले गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा ।कास्कीमा ब्रोइलर कुखुरा पालन गर्ने किसानहरुको आइतबार भएको एक भेलाले पोखरा–२५…







