विशाल बजार भित्र टिकटक प्रतियोगिता,उत्कृष्ट ३ जनालाई नगद पुरस्कार


     एभरेस्ट आवाज    
     असाेज १९ गते २०८३ मा प्रकाशित




नेपालीहरूको महानपर्व विजयादशमी तथा दिपावलीको अवसरमा पोखराको बुद्व बिशाल बजारमा ग्राहकलाई बिषेश छुट दिइने भएको छ ।

बुद्व विशाल बजार ब्यापारिक एशोसियसनका पुर्व अध्यक्ष तथा मानार्थ सदस्य केशवबहादुर खत्रीका अनुसार ग्राहक बर्गलाई उपहार भन्दा नि गुणस्तरीय सामान बेच्ने उद्धेश्यका साथ सबै ग्राहकलाई हरेक सामान खरिदमा ५ देखी २५ प्रतिशत सम्म छुटको ब्यवस्था गरिएको बताए । “उपहार पहिले पहिले नगद ५ देखी २५ प्रतिशत सम्म छुट अहिले” भन्ने नाराका साथ वुद्व विशाल बजारका हरेक पसलहरूमा यो छुटको ब्यवस्था मिलाइनुको साथै बजार भित्र सामान खरिद गर्ने ग्राहकहरुलाई निःशुल्क पार्किङको व्यवस्था गरिएको एशोसियसनका अध्यक्ष बुद्धी बहादुर कुँवरले बताए ।

एसोसिएसनका उपाध्यक्ष मनोहरी पौडेलले बुद्व विशाल बजार भित्र उत्कृष्ट टिकटक बनाउने टिकटकरलाई पुरस्कार दिने व्यवस्था मिलाइएको जानकारी दिए। पौडेलले प्रतियोगितामा सहभागी हुन इच्छुकले बुद्व विशाल बजार एरिया भित्र मौलिक तथा सिर्जनात्मक भिडियो तयार गरी फेसबुक, टिकटक, इन्स्टाग्राम लगायतका डिजिटल प्लेटफर्ममा पोस्ट गर्नुपर्ने र उक्त टिकटक बुद्व विशाल बजार व्यापारिक एशोसियसनको फेसवुक पेजमा पठाउनुपर्ने बताए । विजेताको मूल्याङ्कन भिडियोको विषयवस्तुको गुणस्तर, सिर्जनशीलता, प्रस्तुति शैली तथा सामाजिक सञ्जालमा प्राप्त लाइक, कमेन्ट र सेयरका आधारमा उत्कृष्ट ३ जनालाई जनही १० हजार रुपियाँ पुरस्कार दिइने र कृत्रिम रूपमा ‘बुस्ट’ वा ‘प्रमोट’ गरिएका भिडियो भने प्रतियोगितामा समावेश नगरिने एशोसियसनका महासचिव थमनसिह गुरूङले बताए ।

एशोसिएसनका कोषाध्यक्ष गोविन्द प्रसाद दाहालले असोज १८ देखि मसीर ४ गतेसम्म सञ्चालन हुने ग्राहकलाई छुट सुविधा तथा टिकटक प्रतियोगीताको फाइदा उठाउन धेरै भन्दा धेरै ग्राहकलाई आग्रह गरे । बुद्ध विशाल बजारभित्र करिब दुईसय सटरहरुमा फेन्सी, कस्मेटिक, जुत्ता चप्पल,मोवाइल पसल, वित्तीय संस्था, रेष्टुरेन्ट, सारी तथा कुर्तालगायतका पसलहरु सञ्चालनमा रहेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।