माउन्ट अन्नपूर्णमा नेपाली र अंग्रेजी वक्तृत्वकला प्रतियोगिता


     एभरेस्ट आवाज    
     असाेज २२ गते २०८३ मा प्रकाशित




पोखरा ३, नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माध्यमिक विद्यालयमा कक्षा ११ र १२ का विद्यार्थीहरूबीच नेपाली तथा अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।

अंग्रेजी वक्तृत्वकला प्रतियोगितामा कक्षा १२ ‘ए’ व्यवस्थापनकी जेनिफा गुरुङ प्रथम, कक्षा ११ कम्प्युटर साइन्सकी प्रतिक्षा तामाङ दोस्रो, कक्षा ११ कम्प्युटर साइन्सकी खुसि कुमारी सराफ तेस्रो र कक्षा ११ ‘ए’ की राइसा खातुनले सान्त्वना स्थान हासिल गरिन् । त्यस्तै, नेपाली वक्तृत्वकला प्रतियोगितामा कक्षा ११ कम्प्युटर साइन्सका निशान तिलिजा प्रथम, कक्षा १२ ‘ए’ व्यवस्थापनकी श्रीया परियार दोस्रो, कक्षा ११ ‘बी’ होटल म्यानेजमेन्टकी अनिस्मा नेपाली तेस्रो तथा कक्षा १२ ‘बी’ होटल म्यानेजमेन्टका पंकज श्रीरिसले सान्त्वना स्थान प्राप्त गरे। उत्कृष्ट हुने विद्यार्थीहरूलाई विद्यालयका प्रधानाध्यापक श्रेष्ठ, प्रशासक चित्र गुरुङ तथा शैक्षिक संयोजक गोविन्द सुवेदीले प्रमाणपत्र तथा पदक वितरण गरेका थिए।

प्रतियोगितामा विद्यार्थीहरूले ‘युवाको चाहना र अभिभावकका अपेक्षा’ विषयमा आफ्ना धारणा, विचार तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गरेका विद्यालयका प्रधानाध्यापक सइन्द्रराज श्रेष्ठले जानकारी दिए ।सहभागी विद्याथीृको मुल्याङ्कन नेपाली विभाग प्रमुख दण्डपाणि सुवेदी र दुर्गादत्त सुवेदी तथा अंग्रेजी विभाग प्रमुख अनिल पराजुली र कृष्ण लम्सालले गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।