पोखरा, पुस १९
नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश अधिवेशन आगामी माघको चौथो साता हुने भएको छ । एकीकृत समाजवादी गण्डकीको प्रथम अधिवेशन आगामी माघ २६ र २७ गते पोखरामा गर्ने निर्णय भएको शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो । अधिवेशनको उद्घाटन पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गर्ने जनाइएको छ ।
नया नेतृत्व चयन गर्ने अधिवेशनमा गण्डकी प्रदेशका ११ वटै जिल्लाका करीब ६ सय प्रतिनिधि सहभागी हुने नेकपा एकीकृत समाजवादी गण्डकीका अध्यक्ष श्रीनाथ बरालले जानकारी दिए । उनका अनुसार ११ जिल्लाबाट ४५० प्रतिनिधि चयन हुनेछन् । त्यसबाहेक हालको समिति र पर्यवेक्षक थपिदा ६ सय सहभागि हुने उनको भनाई छ ।
अधिवेशन अगाडि माघ १६ र १७ गते प्रतिनिधि चयन हुने जनाइएको छ । ५० पार्टी सदस्य बराबर १ जना प्रतिनिधि चयन गर्ने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुने अध्यक्ष बरालले जानकारी दिए । महिला, उत्पीडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिश्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समूदायवाट अनिवार्य गरिएको उनले बताए ।
यससंगै प्रत्येक जिल्लावाट एकजना मजदुर अनिवार्य रुपमा छानिने छ । यसबाहेक विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन गरिने एकीकृत समाजवादीले जनाएको छ ।
अधिवेशन सम्पन्न गर्न पार्टीका गण्डकी प्रदेश कमिटीका अध्यक्ष समेत रहेका केन्द्रीय सचिव श्रीनाथ वरालको संयोजकत्वमा १५१ सदस्यीय मुल आयोजक कमिटी गठन गरिएको छ । अधिवेशन भव्य रुपमा सम्पन्न गर्न मुल आायेजक समितिबाहेक थप १२ वटा उपसमितिहरु गठन गरिएको प्रचार विभाग प्रमुख नवराज सुवेदीले जानकारी दिए ।
उप समितिहरुमा अध्यक्ष एवं केन्द्रीय सचिव श्रीनाथ वरालको संयोजकत्वमा प्रतिवेदन लेखन उपसमिति, पोलिटव्यूरो सदस्य धनराज आचार्यको संयोजकत्वमा जनपरिचालन उपसमिति, केन्द्रीय सदस्य कृष्ण नेपालीको संयोजकत्वमा प्रतिनिधि व्यवस्थापन उपसमिति, केन्द्रीय सदस्य मोति पौडेलको संयोजकत्वमा आर्थिक उपसमिति रहेका छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी आर्थिक वर्ष २०८३,८४ को बजेट…






