पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ महतगौडास्थित जानकी माध्यामिक विद्यालयको ४७ औं बार्षिकोत्सव विविध कार्यक्रम सहित सम्पन्न भएको छ । सो अवसरमा कक्षातग तथा अतिरिक्त कृयाकलापमा प्रथम, द्धितीय तथा तृतीय हुने विद्यार्थीलाई पुरस्कार वितरण गरिएको थियो ।
गण्डकी प्रदेश सभा सदस्य भिम कार्कीले बार्षिकोत्सव कार्यक्रमको उद्घाटन गर्दै सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढाउन गुणस्तरीय शिक्षामा जोड दिनु पर्ने बताए ।
विद्यालयमा सरकारी लगानी अनुसारको शैक्षिक गुणस्तर कायम हुन नसकेको विषयमा चर्चा गर्दै उहाँले त्यसका लागि शिक्षक, अभिभावक र विद्यार्थी बिच त्रिकोणात्मक प्रयासको खाँचो औल्याए ।
पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार हुँदै आएको संकेत देखिन थालेको बताउँदै थप प्रयासमा जुट्न विद्यालय परिवारलाई आग्रह गर्नुभयो । वडास्तरबाट विद्यालयलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता उनको थियो ।
विद्यालयको शैक्षिक एवम् आर्थिक विकासमा योगदान पु¥याउनु हुने विभिन्न संघसंस्था तथा व्यक्तिहरुलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको कार्यक्रममा विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नगेन्द्र गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा महानगरका वरिष्ठ शिक्षा अधिकृत कृष्णप्रसाद भण्डारी, फलेपाटन माविका प्रधानाध्यापक गुरुदत्त कोइराला, नेकपा एमालेका विक्रम गुरुङ, नेपाली कांग्रेसका डिआर भट्टराई, रास्वपाका नुरबहादुर विक लगायतले शिक्षाको महत्व माथि चर्चा गरेका थिए ।
विद्यालयका प्रधानाध्यापक अर्जुन कडेलले बार्षिक प्रगति र लेखा सहायक अमित बानियाले आर्थिक प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रम सहायक प्रअ कमल आचार्यले स्वागत एवम् शिक्षक तुलसी गिरीले सञ्चालन गरेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







