पोखरा, माघ २७ ।पोखरा महानगरपालिका वडा नं ६ मा अवस्थित बगैँचा टोल विकास संस्थाले पोखरा महानगरपालिका वडा नं २३ स्थित सिद्ध बराह तपोवन सन्यास तथा गुरुकुल विद्याश्रममा अध्ययन गर्ने वटुकहरूलाई आज माघ महिनाको भीम द्धादशी तिथि पारेर छात्रहरूलाई भोजन गराएको छ ।
विद्याश्रममा अध्ययनरत १५ जनालाई खाना सहित नगद रु २४ हजार सहयोग गरेका हुन् । कार्यक्रममा सिद्ध बराह तपोवन सन्यास आश्रमका तथा सिद्ध बराह ज्येष्ठ नागरिक मिलन केन्द्रका उपाध्यक्ष भेषराज पराजुली र गुरुकुल विद्याश्रममा प्रधानाध्यापक हरिलाल पौडेल लगायतले संस्थालाई धन्यबाद दिदैँ आगामी दिनहरूमा पनि सहयोगी हात बढाउन आग्रह गरे ।
पोखरा महानगरपालिका वडा नं ६ का सदस्य वासु बरालले संस्थाको कार्यप्रति प्रशंसा व्यक्त गरे टोल विकास संस्थाका अध्यक्ष मीना ढकालले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्ने गरिएकामा यस वर्ष माघ महिनाको अवसर पारेर गुरुकुलका वटुकहरूलाई सहयोग गर्न पाएको खुशी व्यक्त गरिन ।
सचिव रेणु लामिछानेले सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई आगामी वर्ष समेत निरन्तरता दिईने जानकारी गराइन् । संस्थाका सल्लाहकार नेत्रलाल भण्डारीले संस्थाले वडा नं– ६ सक्रिय रहेर टोलवासीहरू हितका लागि कार्य गरेको बताए । कार्यक्रममा टोल विकास संस्थाका सदस्यहरूको उपस्थिति रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु भएको छ ।…







