‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता–२०८१ भोलिदेखि


     एभरेस्ट आवाज    
     चैत्र १२ गते २०८१ मा प्रकाशित




पोखरा, चैत १२

पोखरामा भोलिदेखि ‘चिया र गफ–सुपर कप टि–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । पोखरा महानगरपालिका शिक्षा महाशाखाको सहयोग तथा पोखरा महानगरपालिका क्रिकेट संघको आयोजना र व्यवस्थापनमा प्रतियोगिता हुने भएको हो । इडेन हेभेन क्रिकेट मैदान, लेखनाथमा भोलिदेखि शुरु हुने प्रतियोगिता चैत १५ गतेसम्म हुने आयोजक महानगरपालिका क्रिकेट संघका अध्यक्ष बिरेन्द्र पुनले जानकारी दिए ।

प्रतियोगितामा ३ टिमले प्रतिष्पर्धा गर्ने पोखरा महानगरपालिका क्रिकेट संघले जनाएको छ । यसअघि पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा गत फागुन अन्तिम साता भएको अन्तर क्लव टि–२० क्रिकेट प्रतियोगिताबाट छनौट भएका ३६ जना खेलाडीलाई ३ वटा समूहमा विभाजित गरेर प्रतियोगिता खेलाईन लागेको अध्यक्ष पुनले बताए ।

खेलकुदको माध्यमबाट पर्यटन प्रवद्र्धन गर्न नियमित प्रतियोगिता आयोजना गरिएको उनले बताए । उनका अनुसार निकट भविष्यमा देशका विभिन्न महानगरपालिकाहरुसँग आपसी सद्भाव साट्ने, महानगर–महानगरबीच भाइचारा सम्बन्ध स्थापित गर्ने र खेल पर्यटन प्रवद्र्धन गर्ने आफूहरुको उद्देश्य संघको छ ।

प्रतियोगिताको बिजेतालाई ट्रफी र प्रमाणपत्र प्रदान गरिने उनले जानकारी दिए । त्यस्तै, प्रतियोगिताको प्लेयर अफ दी म्याच, प्लेयर अफ दी सिरिज, बेष्ट ब्याटर र बेष्ट बलरलाईपन िट्रफी प्रदान गरिने उनले बताए ।

पोखरा महानगरपालिका क्रिकेट संघले नियमित क्रिकेट प्रतियोगिताका आयोजना गरेका कारण राष्ट्रिय स्तरको खेलाडीसमेत जन्माउन सफल भएको छ । पछिल्लो क्रममा यहिंबाट उत्पादन भएकी रचना चौधरी महिला यु–१९ विश्वकप २०२५ र नेपालको महिला राष्ट्रिय टोलीलाई प्रतिनिधित्व गर्न सफल भएकी छन् भने पोखरा महानगरपालिका क्लब स्तरीय टी–२० क्रिकेट प्रतियोगिता २०८० बाट सिविन श्रेष्ठ र सोयल कुँवर पुरुष यु–१९ राष्ट्रिय टोलीको लागि छनौट भई राष्ट्रको प्रतिनिधित्व गर्ने स्तरमा पुगेको अध्यक्ष पुनले दाबी गरे ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।