पोखरा, चैत १४
राष्ट्रिय सहकारी दिवस कास्कीमा पनि विविध कार्यक्रम गरेर मनाईने भएको छ । ‘मर्यादित सहकारी समुन्नत समाज’ भन्ने नाराका साथ कास्कीमापनि ६८ औं राष्ट्रिय सहकारी दिवस साप्ताहिक कार्यक्रम गरेर मनाईन लागेको विहीबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिइएको हो ।
सहकारी दिवसको अवसरमा चैत १४ गते विहीबार पत्रकार भेटघाट कार्यक्रम गरिएको छ भने चैत १५ र १६ गते पोखरा पार्टी प्यालेसमा बुद्धिचाल प्रतियोगिता, चैत १६ गते नै पोखरा पार्टी प्यालेसमै बुद्धिचाल प्रतियोगिता, चैत १६ गते जनप्रिय माविमा निबन्ध प्रतियोगिता, चैत १७ गते साईकल ¥याली, चैत १८ गते रक्तदान, चैत १९ गते सरसफाई कार्यक्रम र सोहि दिन पूर्वाह्न ११ बजे अन्र्तक्रिया कार्यक्रम गरेर समापन गरिने सहकारी दिवस मूल समारोह समिति संयोजक दिपकराज बास्तोलाले जानकारी दिए ।
जिल्ला सहकारी संघ कास्कीका पूर्वअध्यक्ष एवं पोखरा महानगर सहकारी समितिका अध्यक्ष रविरमण तिवारीले सहकारी दिवसले सहकारी क्षेत्रमा देखिएको निरासा चिर्न भूमिका खेल्ने विश्वास व्यक्त गरे । उनले सहकारीमा समस्या आउँदा ऋणिले तिर्नुपर्दैन भन्ने भावना राख्दा समेत सहकारी थप समस्यामा परेकोसमेत बताए । उनले सहकारीमा अहिले देखिएका समस्या समाधानका लागि मेलमिलापको बाटो अप्नाउँदा सहज हुने उल्लेख गरे ।
जिल्ला सहकारी संघ कास्कीका महासचिव दिपक प्रकाश आचार्यले दिवसका अवसरमा गरिने विविध गतिविधिका बारेमा जानकारी दिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पर्यटन विभागले यही कात्तिक ११ देखि १५ गतेसम्म देशका विभिन्न स्थानमा भारी…







