पोखरा, चैत १७
एथरको ४५० मोडलको दुई फरक स्कुटर पोखरापनि बिक्री शुरु भएको छ । काठमाडौंमा शनिबारदेखि बिक्री शुरु भएको २.९ किलोवाट आवर र ३.७ किलोवाट आवर गरी २ ब्याट्री विकल्पमा नेपाली बजारमा आएको एथर ४५० एक्स र ४५० एस मोडलका दुई फरक स्कुटर पोखरामा आईतबारदेखि बिक्री शुरु भएको हो । भारतीय विद्युतीय स्कुटर एथरको नयाँ ब्रान्डका रुपमा भित्रिएको यी स्कुटर वैद्य ईनर्जी प्रालिले नेपालमा भित्राएको हो भने पोखरामा आधिकारिक विक्रेता अटोवेजले भित्राएको हो ।
‘बाईक अफ स्कुटर्स’ उपमा दिइएको एथर ४५० एक्स र ४५० एस बहुमोड ट्रयाक्सन कन्ट्रोलसहित उपलब्ध रहेको कम्पनीले जनाएको छ । जसले स्कुटरलाई थप सुरक्षित, प्रभावकारी र सुविधाजनक बनाउने उल्लेख छ । एथरको पोखरामा आधिकारिक विक्रेता अटोवेज प्रालिका निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत सन्ध्या पौडेलले पोखराबाटपनि सो मोडलको स्कुटर बिक्री शुरु गरिएको बताईन् ।
विद्युतीय स्कुटरमा ब्याट्रीको समस्या देखिने भएकाले एथरका स्कुटरमा प्रयोग गरिएका ब्याट्रीमा केही समस्या देखिएमा नयाँ ब्याट्री उपलब्ध गराईने जनाइएको छ । एथर स्कुटरमा गुगल म्याप, मल्टी–स्टप ट्रिप प्लानर, ब्लुटुथ कल तथा म्युजिक कन्ट्रोल लगायतका फिचर रहेका छन् । दुर्घटना, टुटफुट, पन्चर अथवा चार्ज सकिएको समयमा समेत भारतमा एथरले सातै दिन चौबीसै घण्टाको इमर्जेन्सी सहायता दिने प्रतिवद्धता समेत जनाएको छ ।
दुबै मोडलको स्कुटरमा रहेको ट्रयाक्सन कन्ट्रोलका तीन मोडहरु रहेको उल्लेख छ । जसमा रेन मोडले भिजेको वा चिल्लो बाटोमा थप ग्रीप प्रदान गरी सुरक्षित बनाउने, रोड मोडले दैनिक सवारीमा सुरक्षित र प्रदर्शनबीच सन्तुलन कायम गर्ने र र्याली मोडले अफरोडमा जाँदा स्लिप नियन्त्रण गरी उत्कृष्ट अनुभव दिने निर्देशक पौडेलले बताईन् ।
एथरले नयाँ स्कुटर रिज्ता पनि छिट्टै बजारमा ल्याउने जानकारी दिएको छ ।
एथरको स्कुटरलाई ध्यानमा राखेर अटोवेजले चाउथेमा सर्भिस सेन्टर स्थापना गरिरहेको निर्देशक पौडेलले जानकारी दिइन् । उनले भनिन्,‘बिक्री पछिको सेवालाई प्राथमिकतामा राखेर सर्भिस सेन्टर स्थापना गरिरहेका छौं ।’
एथर अविश्वसनीय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रिक स्कुटर भएको उनको भनाई छ । एथरको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता वैद्यज इनर्जी हो । झम्सिखेलको सोरूमलगत्तै पोखरामा पनि एथरको सोरूम (एक्सपेरियन्स सेन्टर) सञ्चालनमा ल्याइएको निर्देशक पौडेलले बताइन् । सोरूमसँगै फास्ट चार्जिङसमेत सेन्टरमै राखिएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सन्देश श्रेष्ठपोखरा, कात्तिक ११ कास्कीको माछापुच्छ«े गाउँपालिकामा पाँच जना मिलेर साथीको हत्या…







