दृष्टिविहिन शिक्षक सापकोटा जर्मन प्रस्थान


     एभरेस्ट आवाज    
     चैत्र १८ गते २०८१ मा प्रकाशित




दुलेगौंडा । तेस्रो विश्व अपाङ्गता शिखर सम्मेलनमा भाग लिन दृष्टिविहिन शिक्षक एवम् कास्की नेत्रहिन संघका अध्यक्ष श्रीकान्त सापकोटा जर्मन प्रस्थान गरेका छन् ।

जर्मन सरकार र जोर्डन सरकारको आयोजनामा अप्रिल २ र ३ तारिखमा जर्मनीको बर्लिनमा हुने सो सम्मेलनमा भाग लिन सापकोटा सोमवार विहान प्रस्थान गरेका हुन् । जर्मनीमा अप्रिल १ तारिखमा हुने शिभिल सोसाईटी फोरम र २ र ३ तारखिमा हुने ग्लोबल डिसएबीलिटी समिट (जीडिएस) मुख्य कार्यक्रम र शिक्षा सम्बन्धी साइडी इभेन्टहरुमा उनी सहभागि हुने छन् । सापकोटा अप्रिल ५ तारिखमा सम्मेलनमा भाग लिएर नेपाल फर्कने कार्यक्रम छ ।

संस्कृत मावि पोखरा–१ बगरमा मावि तहको अङ्ग्रेजी स्थायी शिक्षक सापकोटा २०६६ सालदेखि शिक्षण पेशामा आवद्ध छन् । साथै उनी पृथ्वीनारायण क्याम्पसमा समेत अध्यापन गराउदै आएका छन् । विगत २५ वर्षदेखि अपाङ्गता र सञ्चार क्षेत्रमा रहेर उनले कार्य गर्दै आएका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।