गुरुकुललाई पूर्ण प्रविधीयुक्त बनाइदै


     एभरेस्ट आवाज    
     चैत्र २६ गते २०८१ मा प्रकाशित




पोखरा–९, बास्तोलाथर स्थित गुरुकुल विद्या सदन माध्यमिक विद्यालयलाई पूर्ण प्रविधियुक्त बनाइने भएको छ ।
विद्यालयमा सोमबार आज आयोजित एक कार्यक्रमका बीच उक्त जानकारी दिर्दै विद्यालयलाई युग सुहाउँदो शैक्षिक संस्थाका रुपमा स्थापित गर्ने तयारी भइरहेको विद्यालयका अध्यक्ष रवि कार्कीले जानकारी दिनुभयो।
अध्यक्ष समेत रहनुभएका गुरुकुल विद्यासदन प्रा.लिका प्रबन्ध निर्देशक कार्कीले भन्नुभयोः– हामी विद्यालयलाई क्रमश पेपरलेस बनाउँदैछौँ, विद्यार्थीको वजनदार झोला घटाउँदैछौं, विद्यालयलाई डाटा वेसमा लैजादैछौं, अतिरिक्त क्रियाकलापमा गुरुकुल पोखरामा एकछत्र नै छ, इ–लाइव्रेरी तथा इ–बुक्स्को अवधारणलाई पनि अगाडि बढाउँदैछौं कार्कीले भन्नुभयो। हाम्रो योजना भनेको परियोजनामा आधारित सिकाईलाई प्राथमिकता दिनु पनि हो।
अध्यक्ष कार्कीले शैक्षिक गुणस्तरका कारण गुरुकुलमा अध्ययन गरेका विद्यार्थी वेरोजगार बस्न नपर्ने दावी पनि गर्नुभयो ।लामो समयसम्म शिक्षण पेशामा आवद्ध साथीहरु मिलेर विद्यालय स्थापना गरेका छौं, गुणस्तरीय शिक्षा हाम्रो बटमलाइन हो, कार्कीले भन्नुभयो, पक्कै पनि यसमा हामी सफल हुन्छौं।
उहाँले विद्यालयले पछिल्लोपटक भित्रीएका विकसित प्रविधीहरु आत्मसात गर्दै आइरहेको पनि औँल्याउनुभयो ।यो युग डिजीटल टेक्नोलोजीको युग हो, सोही अनुसार विद्यालयलाई अगाडि बढाउँदैछौं, कार्कीले भन्नुभयो ।
कार्यक्रमका बीच नवनियुक्त प्रधानाध्यापक भुवन सुवेदीको पदस्थापना भयो।पदस्थापना पश्चात सुवेदीले गुरुकुललाई एक आदर्श शैक्षिक संस्थाका रुपमा स्थापित गर्न आफ्नो पहल रहने सुनाउनुभयो ।सुवेदीले विद्यालयका कक्षाकोठा स्मार्ट बनाइने स्पष्ट पार्नुहुँदै विद्यार्थीलाई सक्रिय एवम् आत्मनिर्भर नागरिक बनाउन सबैको ध्यान जानुपर्ने धारणा राख्नुभयो। आवश्यकता हेरी समयसमयमा शैक्षिक नीतिलाई परिवर्तन गर्ने उहाँको भनाई छ।
निवर्तमान् प्रधानाध्यापक नारायण आचार्यले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुहुँदै नेतृत्व हस्तान्तरण गर्न पाउँदा खुशी लागेको अनुभव सुनाउनुभयो।उहाँले आफ्नो कार्यकालमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुहुँदै नेतृत्वले नेतृत्व विकासमा पनि योगदान दिनुपर्ने स्पष्ट पार्नुभयो ।
कार्यक्रममा पोखरा महानगरपालिका खेलकुद विकास समितिका अध्यक्ष दीपक गोदार, दश जोड दुई संयोजक शिक्षक वसन्तकुमार श्रेष्ठ, लेखापाल हरी ढकाल, शैक्षिक प्रशासन प्रमुख प्रमोद बराल, होटल व्यवस्थापन प्रमुख रविन्द्र भण्डारी लगायत शिक्षक, शिक्षीकाहरुको पनि उपस्थिती थियो ।
विद्यालयका अध्यक्ष रवि कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रम सहायक प्रधानाध्यापक फणिन्द्र अधिकारीले संचालन गर्नुभयो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।