तनहुँमा दुई स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ थर्पु बजारमा मंगलबार राति स्कुटर एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा म्याग्दे गाउँपालिका-७ का ३२ वर्षीय विजय थापाको मृत्य भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक आशिष विश्वकर्माले जानकारी दिए । गम्भीर घाइते थापाको उपचारका क्रममा दमौलीस्थित प्रदेश अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा अर्को स्कुटर चालक पोखरा महानगरपालिका-१७ का १९ वर्षीय प्रविण क्षेत्री घाइते भएका छन् । उनलाई उपचारार्थ पोखरा पठाइएको छ ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराराष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट योगेन्द्रबहादुर केसी सभापतिमा निर्वाचित…







