जिल्ला प्रशासन कार्यालय कास्कीले थाल्यो शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरु


     एभरेस्ट आवाज    
     भाद्र ३० गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, भदौ ३०

जिल्ला प्रशासन कार्यालय कास्कीले आफ्नो दैनिक प्रशासनिक कार्यहरु शुरु गरेको छ । जेनजी आन्दोलनका क्रममा जिल्ला प्रशासन कार्यालय कास्कीमा तोडफोड तथा आगजनी भएको थियो । सो आगजनीका कारण प्रशासनिक भवन जलेर क्षेती पुगेको छ भने त्यहाँ रहेका कागजातहरु जलेर नष्ट भएका छन् ।

सोहि कारण सेवा ठप्प रहेको कार्यालयबाट हाल शान्ति सुरक्षा, मुद्दाको म्याद थप र दैनिक प्रशासनिक कार्यहरु शुरु गरिएको कास्कीकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जानकारी दिईन् । उनका अनुसार हाल दुई वटा कार्यकक्षबाट सेवा शुरु गरिएको छ । अन्य कक्षहरु मर्मतसम्भार भइरहेको प्रशासनले सोमबार जारी गरेको सूचनामा उल्लेख छ ।

थप सेवाका बारेमा पछि जानकारी दिईने प्रशासनले जनाएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।