ईजरायलमा हमास समूहको कब्जामा रहँदा ज्यान गुमाएका कञ्चनपुरका विपिन जोशीको मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।
कञ्चनपुरस्थित महाकाली नदीको भुजेलाघाटमा उनको अन्त्येष्टि गरिएको हो ।उनको पार्थिव शरीरमा ठुलो बुबाहरु रामदत्त र अम्बादत्त र बुबा महानन्दले संयुक्तरुपमा दागबत्ती दिएको दिएका थिए ।प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकालले विपिनको शवमा नेपालको राष्ट्रिय झन्डा ओढाएका थिए भने सशस्त्र प्रहरीको टोलीले सलामी दिएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेको थियो । अन्त्येष्टिमा नेपालका लागि इजरायली राजदूत समुलिक एरी बास सहभागी थिए । इजरायली दूतावासका प्रतिनिधिले विपिनको शवमा इजरायलको राष्ट्रिय झन्डा ओढाउँदै सम्मान व्यक्त गरेका थिए।
तेलअभिभबाट सोमबार फ्लाइ दुबईमार्फत् काठमाडौं आइपुगेको विपिनको शव साँझ नेपाली सेनाको स्काइ ट्रकबाट धनगढी पुर्याइएको थियो। त्यहाँबाट धनगढी उपमहानगरको शव वाहनबाट भीमदत्त नगरपालिका–३,भाषीस्थित विपिनको घरसम्म लगिएको थियो। मंगलबार बिहान घरबाट समाधिस्थल, महाकाली भुजेलाघाटसम्म शवयात्रा निकालिएको थियो। शव यात्रामा पूर्व परराष्ट्रमन्त्री एनपी सावद, पूर्व सांसद तारा लामा तामाङ, इजरायली राजदूत बास र उनकी श्रीमती सहभागी थिए।शवयात्राामा आफन्तजन र सर्वसाधारणको पनि उल्लेख्य उपस्थिति रहेको थियो।राति अबेर घरमा शव ल्याइपुर्याइएकाले आज बिहान शवयात्रासहित अन्त्येष्टि गरिएको हो ।तिहारको बेला विपिनको शव घर आइपुग्दा परिवारमा मात्र नभई सो क्षेत्रमै सन्नाटा छाएको छ ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सही नीति र विचारका आधारमा…







