यूएईबिरुद्द रोहितको सतक


     एभरेस्ट आवाज    
     कार्तिक १३ गते २०८२ मा प्रकाशित




सन्देश श्रेष्ठ
पोखरा, कात्तिक १२

यूएईबिरुद्द नेपालका कप्तान रोहित पौडेलले सतक प्रहार गरेका छन् । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल र यूएईबीच युएईमा भइरहेको आजको खेलमा नेपालका कप्तान पौडेलले सतक प्रहार गरेका हुन् । उनले १२६ बलमा १०० रन बनाएका हुन् । चौथो विकेटका रुपमा व्याटिङ गर्न आएका उनले आसिफ सेख, आरिफ सेख, गुल्सन झा, सोमपाल कामीसँग साझेदारी गर्दै सतक बनाए ।

एक दिवसीय खेलमा रोहितको यो दोस्रो सतक हो । यसअघि उनले एक सतक प्रहार गरिसकेका छन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।